Websoft University

टिभी एस को अकुला स्पोर्ट्स बाइकले निकै चर्चा पाए पनि अरू गाडी हेरेर मात्र किन्नुपर्ने रहेछ?

बिराटनगर, साउन १९ गते । ३ सय १३ सीसी इञ्जिन

नयाँ स्पोर्ट्स बाइक सार्वजनिक गर्दै टीभीएस
सन् २०१६ मा आयोजित दिल्ली अटो एक्स्पोमा टीभीएसले सार्वजनिक गरिने तयारीमा राखेको नयाँ स्पोर्ट्स बाइक अकुला ३१० प्रदर्शन गरेको थियो । यसलगत्तै यो स्पोर्ट्स बाइकले निकै चर्चा पाइरहेको थियो । निकै चर्चा तथा पर्खाइमा रहेको यो मोटरसाइकलको तस्वीर अब भने कम्पनीले ट्विटरमार्फत सबै लाई जारी गराएको छ ।
नयाँ टीभीएस अकुला ३१० मा आल्मुनियम ट्रेलिस सबफ्रेम, रेस ट्युण्ड फोर भल्भ डीओएचसी लिक्विड कुल्ड ३ सय १० सीसी क्षमताको इञ्जिन जडान भएको कम्पनीले जनाएकोछ ।
साथै, थमर्ल एफिसियन्सीलाई ध्यानमा राखी नयाँ मोटरसाइकलमा गिल भेण्ट्स पनि उपलब्ध गरिएको छ । मोटरसाइकलमा र्‍याम एयर कण्डिशन पनि दिइएको छ । यसले नयाँ मोटरसाइकल स्पोर्ट्स बाइक भएको पुष्टिसमेत गर्छ ।
इञ्जिनको कुरा गर्दा टीभीएसले अकुला ३१० मा ३ सय १३ सीसी क्षमतासहितको सिङ्गल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन जडान गरेको छ । यो बीएमडब्ल्यू मोटरराडबाट लिइएको हो । यस्तै इञ्जिनको प्रयोग बीएमडब्ल्यू जी ३१० आरमा पनि जडान गरिएको छ । यो इञ्जिनले ३४ बीएचपी शक्ति र २८ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । मोटरसाइकलमा सिक्स स्पिड म्यानुअल गियरबक्स पनि उपलब्ध रहेको छ । टीभीएस अकुला ३१० मा यूएफडी फ्रण्ट फर्क, रियर मोनोसक्स, डुअल च्यानल एबीएस र पूर्ण डिजिटल इन्ष्ट्रुमेण्ट मिटरलगायत अत्याधुनिक प्रविधि पनि उपलब्ध गरिएको छ । कम्पनीका अनुसार टीभीएसको रेसिङ इतिहासलाई ‘ट्रिब्युट दिने सोचका साथ मोटरसाइकलको नाम अकुला राखिएको हो ।
अहिले बजारमा आएका टिभी एस ले उत्पादन गरेका केही मोटरसाइकलको इन्जिनमा खराबी रहेको बजारमा मोटरसाइकल पारखिहरूले बिराटनगरमा हल्ला मचाएकाछन । यो हल्लाको पछाडि केरहेछ बुझनै भाँकीछ ।
(न्यूज एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.