Websoft University

ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार तीन घाइते

बिराटनगर, असार २४ गते। मोरङको पथरी-शनिश्चरे-१ स्थित पथरी पुलमा आज बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् । 
बा १ घ ५६७ नं. को डिडिसी दुध बोकेको ट्याङकरले बिहान ९;३० बजे मे ७ प ५६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक भुटानी शर्णाथी शिविर G2 हट नम्बर-१५ बस्ने मिलन बुढाथोकी र पछाडी सवार Z3 हट नम्बर-४४ बस्ने पुनम तामाङ र उनकी ८ बर्षिया छोरी अंशु तामाङ घाईते भएका हुन्। 
घाइते तीनैजनाको स्थानिय अस्पतालमा उपचार भईरहेको छ भने ट्याङकर सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.