Websoft University

बिराटनगरमा भोलि र पर्सि वृहद शैक्षिक मेला हुदै

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDDTYd9a0sTn9QwxlBLXTxrD4PJxQXGPn_iQpoWQl-ezWT8sUOcpWYyggDRduh3gXE2Ty-DMa3Fj_5Rzu2sNPnMKVasLquLeTZrSCIm8qN1GNtitq9mGjib5ZDxs0l26-tjFWMxtEMeoAA/s1600/sape+1.JPGविराटनगर, असार २४ गते । यहि असार २५ गते र २६ गते विराटनगरमा इण्डिया एजुकेशन फेयर २०१६ को आयोजना हुँदैछ । विराटनगरको नमस्कार होटलमा सपी इभेन्ट्सले आयोजना गर्ने सो शैक्षिक मेला (एजुकेशन फेयर)मा विद्यार्थीहरुलाई भारतका प्रसिद्ध करिब ३० वटा विश्वविद्यालयको बारेमा परामर्श दिइने जनाइएको छ ।
होटल नमस्कारमा शुक्रबार सपी इभेन्ट्सका तर्फबाट सञ्जय थापाले उक्त कुराको जानकारी दिनुहँदै शैक्षिक मेलामा करिब तीन हजार विद्यार्थीको सहभागिता रहने बताउनु भएको छ ।
२१ औं शताव्दिमा विद्यार्थीलाई प्रतिस्र्धामा खरो उत्रनका लागि भारतीय विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुनुका साथै सर्वशुलभ समेत रहेको थापाले दाबी गर्नुुभयो ।



उहाँले राजस्थानमा रहेको मोदी विश्व विद्यालयको चर्चा गर्नुहुँदै उक्त विद्यालयमा छात्राहरूमात्र अध्ययन गर्ने बताउनुभयो । युरोपलगायत पश्चिमी मुलुकमा यहाँका विद्यार्थी पढ्न जाने तर गएपछि आर्थिक उपार्जनमा आकर्षित हुन भएकोले पढाईको स्तर उठ्न नसकेको तर्फ लक्षित गर्दै थापाले भारतका विश्वविद्यालयमा जाने विद्यार्थीको ध्येय नै पढाईमा मात्र हुने बताउनुभयो ।



भारतीय विश्वविद्यालयमा शिक्षाको गुणस्तर उच्च रहेको बताउँदै अभिभावकले समेत खर्चभार वहन गर्न सक्ने थापाले बताउनुभयो ।
विहान १० बजेदेखि साँझ ७ बजेसम्म हुने उक्त शैक्षिक मेलामा सहभागी विद्यार्थीहरुलाई गोला प्रथाबाट ल्यापटप, ट्याव तथा मोवाईल प्रदान गरिने पनि सो क्रममा जानकारी दिइयो ।
सपी इभेन्टले विराटनगरमा गर्न लागेको यो पाँचौ शैक्षिक मेला रहेको छ भने नेपालमा १० औं पटक यस्तो मेलाको आयोजना गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.