Websoft University

प्रमुख निर्वाचन आयुक्तमा अयोधिप्रसाद यादवको नाम अनुमोदन

काठमाडौं, असार २४ – संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधिप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिको बिहान बसेको बैठकले यादवको सुनुवाई गर्दै उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।  
संसदीय समितिले अनुमोदन गरेपछि यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ । संसदीय सुनुवाई पनि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 
आफ्नो नाम अनुमोदनपछि यादवले २०७४ सालभित्र गर्नुपर्ने स्थानीय तह, प्रदेश र संसदीय चुनावका लागि आयोग तयार रहेको बताउनुभयो । आफु निष्पक्ष रुपमा काम गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाई भने पर्सि आइतबार हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.