Websoft University

चार बालबालिका सहाराविहीन भएका छन्।

काठमाडौं  असार २३ गते । हिजो मध्यरातमा आएको पहिरोले बाबुआमासहित तीन दिदीबहिनीको पुरिएर मृत्यु भएपछि चार बालबालिका सहाराविहीन भएका छन्।
रजबारा ३ नेटाका १४ वर्षीय वसन्त मल्ल, १३ वर्षीय धनबहादुर मल्ल, नौ वर्षकी सरस्वती मल्ल र आठ वर्षीय कृष्ण मल्ल सहाराविहीन बनेका हुन्। ‘बुबाआमा र तीन बहिनीलाई जोगाउन सकिएन,’ धनबहादुरले भने। घरमा रहेका भैंसी र बाख्रालाई घाँसपात गर्न समस्या भएको उनले बताए।
घटनास्थलमा बुधबार बिहान पुग्दा बाख्रा र भैंसी उनीहरूका काका हरि मल्लको घरमा लगिँदै थियो। उनीहरूमा आफ्नो भविष्यबारे चिन्ता छ। वसन्त आठ, धनबहादुर पाँच, सरस्वती तीन र कृष्ण एक कक्षामा पढ्छन्। विद्यालय पोसाक, कापी र किताब पनि पहिरोमा पुरिएका छन्।
चार बालबालिकाको पालनपोषण र भविष्यबारे गाउँलेबीच छलफल सुरु भएको स्थानीय पोष्टबहादुर सेनले बताए। अहिले काकाका घरमा आश्रय लिएका छन्। काजकिरिया पनि काकाकै घरमा थालिएको स्थानीय गोवद्र्धन थापाले बताए।
उनीहरूको अध्ययनका लागि स्थानीय तिखाचुली युवा क्लबले सहयोगी निकायसँग आग्रह गरेको अध्यक्ष मनबहादुर थापाले बताए। ‘जे नहुनु थियो, भइसक्यो,’ स्थानीय पार्वती मल्लले भनिन्, ‘यी बाँचेका बालबालिकाको बिचल्ली हुने भयो। कसैलाई दया लागेर पालनपोषण र पठनपाठनमा सहयोग गरे ठूलो धर्म हुने थियो।’ राति निद्रामा रहेका बेला उनीहरूको घर पहिरोले पुरेको थियो। जसमा परी उनीहरूका ४५ वर्षीय बाबु दुर्गा, ४० वर्षीया आमा सीता तथा बहिनीहरू १० वर्षकी सुशीला, सात वर्षीया लेखा र डेढ वर्षीया सिर्जना मल्लको ज्यान गएको थााहाभएकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.