Websoft University

अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु, एक घाइते

बिराटनगर, असार २२ गते। सुनसरी र सिरहामा अज्ञात सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। 
इटहरी २२ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान ४;३० बजे अज्ञात सवारीले पैदलयात्री सिन्धुली लदाभिर बस्ने जोगेन्द्र मुसहरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो। 
घटनास्थलमा इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको छ। 
त्यसैगरी सिरहाको लहान-९ स्थित चौहर्वा सडक खण्डमा मंगलबार राती लक्ष्मीपुर ८ बस्ने मानसिक सन्तुलन गुमेका ३२ बर्षिय सुरेन्द्र यादवलाई अज्ञात सवारीले ठक्कर दिएर गम्भीर घाइते भएका छन्। घाइते यादवको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.