Websoft University

प्रहरीको हतियार लुट्ने १६ जना पक्राउ

बारा, असार २२ – बारामा प्रहरीको हतियार लुट्ने १६ जना पक्राउ परेका छन् । मंगलबार राति रामवनका गाँउलेले प्रहरीबाट लुटेको एसएलआर बन्दुक र थ्री नट थी राइफल पनि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको नारायणी अन्चल प्रहरी कार्यालय वीरगन्जले जनाएको छ ।
बाराको गढीमाइ नगरपालिका वडा नम्बर ३ रामवनको कुना टोल र छिमेकी पर्साको चोर्नी गाविस वडा नम्बर ९ दशबिगा टोलका युवाबिच भएको झडप छुट्याउन पुगेको प्रहरी टोलीलाई गाउँलेले आक्रमण गरेर हतियार लुटेका थिए ।
हतियार लुट्ने १६ जनालाई प्रक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक नारायण सिंह खड्काले जानकारी दिनुभयो । उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.