Websoft University

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण, कार्यक्रम छिटै सार्वजनिक हुने।

बिराटनगर, असार  २४ गते । नेपाल सरकार र चिनियाँ कूटनीतिज्ञ,सुरक्षा निकायको कुरामिले केही समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ ।
 चिनियाँ प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन तहमा लैजान गर्नुपर्ने तयारीबारे छलफल गर्न बेइजिङ पुगेका परराष्ट्र सचिव शंकरदास बैरागी पनि त्यहाँको कूटनीतिक निकायबाट त्यस्तै सन्देश लिएर फर्केका छन् ।
नेपालको राजनीतिक अवस्था स्थिर रहे आगामी असोजमा राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने लगभग निश्चित रहेको चिनियाँ सन्देश बैरागीले राजनीतिक नेतृत्वलाई सुनाएका छन् । तर, सरकार परिवर्तनको हल्ला र दलहरूबीच यसबारे चलेको कुराकानीले यसमा प्रभावपारिरहेको स्रोतले बतायो । राजनीतिक परिवर्तन हुँदा पनि कुनै विरोधाभास नआउने हो भने उनले नेपाल भ्रमण गर्ने अधिकारीहरूले बताएका छन् ।
परराष्ट्रसचिव बैरागीले सीको प्रस्तावित भ्रमणलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणको फलोअप भ्रमणका रूपमा व्याख्या गरेका छन् । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा राष्ट्रपति सीसँग शिष्टाचार भेट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट निमन्त्रणा हस्तान्तरण गरेका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुन केही साताअघि कुनमिङ एक्स्पोमा जाँदा चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रणा पनि हस्तान्तरण गरेका थिए । चीनले आफ्ना कुनै उच्च नेतृत्वले नेपाल भ्रमण गर्ने भनेकोमा राष्ट्रपति सी नभए प्रधानमन्त्री खछ्याङ आउन सक्ने सम्भावनासमेत रहेको स्रोतले उल्लेख गर्‍यो ।
प्रधानमन्त्री ओलीको भ्रमणक्रममा भएका १० बुँदे सम्झौता/समझदारीमाथि छलफल भएको बेइजिङबाट फर्केका सचिव बैरागीले बताए । ‘सरकारले द्विपक्षीय सहमति कार्यान्वयन तहमा पुर्‍याउने जिम्मेवारी दिएकाले  यो भ्रमण भएको हो,’ बैरागीले भने, ‘छलफलमा उच्चस्तरको भ्रमण तथा सम्झौता कार्यान्वयन कुन तहमा पुगेको छ, बुँदागत समीक्षाभएकोछ । चीनका तर्फबाट उच्चस्तरको भ्रमण गर्ने प्रतिबद्धता कायमै छ । तिथि तय भएको छैन ।’
नेपालको राजनीतिक अवस्थाबारे भन्दा पनि विकास निर्माण र छिमेक सम्बन्धमा चिनियाँहरू बढी केन्द्रित भएको बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूले जानकारी दिए ।
चीनले रेलमार्ग, सडकमार्ग नाका सुधारको विषयमा गरेका आन्तरिक तयारीको खाका समेत मागेको छ । इन्धन भण्डारण र चीनबाट इन्धन ल्याउने सम्भावनालगायत विषयमा पनि चासो राखेका थिए । नेपाली भूमिमा हुने चीनविरोधी गतिविधिमा पनि उनीहरू संवेदनशील रहेको भन्दै यसमा ख्याल गरिदिन आग्रह गरेको एक सहभागीले बताए ।
काठमाडौंमा चीन र नेपालका सचिवस्तरीय बैठक हुने भनिए पनि त्यो एकाएक स्थगन भएपछि बैरागी बेइजिङगएका
हुन् । अक्टोबर (असोज) मा दिल्लीमा हुन लागेको ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को सम्मेलनमा आउने वा फर्कने क्रममा नेपाल भ्रमण गर्ने सम्भावनालाई कार्यान्वयन तहमा पुर्‍याउन उनको भ्रमण भएको कूटनीतिक स्रोतले बताएको छ ।
उनको भ्रमणको तयारीका लागि मात्रै चीनबाट तीन प्रकारका सुरक्षा निकायका अधिकारीहरूको भ्रमण भएको छ । त्यस्तै राजनीतिक तथा अन्य भ्रमणहरू पनि भइरहेका छन् । अहिले पनि सहसचिवस्तरको एक टोली काठमाडौंमा छ । पछिल्लो पटक सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको औपचारिक भ्रमण गरेदेखि चिनियाँ राष्ट्रपतिको भ्रमण भएको छैन । कान्तिपुर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.