Websoft University

बिहीबार इद पर्व, सार्वजनिक विदाको घोषणा

काठमाडौं, असार २२ । इस्लाम धर्मावलम्बीको महान चाड इद बिहीबार मात्र मनाइने भएको छ । धेरैले बुधबार इद मनाइने भने पनि मंगलबार चन्द्रमा नदेखिएकाले बिहीबार मात्रै इद मनाउन लागिएको हो ।
इस्लाम धर्म परम्पराअनुसार एक महिना लामो रोजापछि देखिने चन्द्रमा हेरेर इद पर्व मनाइने गरिन्छ ।
बेलुका चन्द्रमा देखिने भएकाले इद विहीबार मनाइन लागेको हो । यसैबीच सरकारले बुधबार इद नभएकाले सार्वजनिक बिदा नभएको जनाएको छ ।
यद्यपी, विहीबारका दिनलाई भने सरकारले सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक बुधबार एक बिज्ञप्ती जारी गर्दै विहीबारलाई सार्वजनिक विदाको घोषणा गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.