Websoft University

महामन्त्री डा.कोइराला अझै अचेत, अस्पतालमा शुभेच्छुकको भीड

काठमाडौं, असार २२ गते । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
मंगलबार साँझ स्वास प्रश्वासमा समस्या देखिएपछि महामन्त्री कोइरालालाई उपचारका लागि काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । उहालाई बेलुका ८ बजे अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालमा भर्ना गरिँदा उहाको रक्तचाप कम देखिएको भए पनि राति अनाचक वान्ता भएको र त्यसपछि अचेत अवस्थामा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी उनको उपचारमा १२ जना चिकित्सकको टोली खटिएको जानकारी दिएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा. लवनरसिंह जोशीले कोइरालालाई निमोनियाको समस्या देखिएको र प्रेसर पनि कमजोर रहेको बताउनु भयो  ।
महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार नआए आजै एयर एम्बुलेन्समार्फत् उपचारका लागि भारत लैजाने तयारीसमेत भएको छ ।
कोइराला अस्वस्थ भएर उपचारका लागि अस्पतालमा भर्ना गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्यअवस्थाबारे जानकारी लिन अस्पताल पुग्नु भएको थियो  ।
त्यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता कार्यकर्ता पनि अस्पतालमा पुग्नु भएको छ  । ओम अस्पतालमा कांग्रेसका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.