Websoft University

सञ्चारकर्मी सहकारीद्वारा दुई पत्रकार पुरस्कृत



विराटनगर, असार २७ गते।  सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.द्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी युवा सक्रिय पुरस्कार र मिना श्रेष्ठ महिला सक्रिय पुरस्कार २०७३ बाट दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ । 
  
विराटनगरमा क्रियाशिल पत्रकारद्वारा स्थापित सहकारीको सोमबार पाँचौं स्थापना दिवसको अवसरमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार मोहन मानन्धर र इन्क मासिक सम्पादक तथा सप्तकोशी एफएममा कार्यरत पत्रकार इन्दिरा भट्टराई पुरस्कृत हुनुभएको हो ।   

उहाँहरुलाई पुनरावेदन अदालतका निमित्त मुख्य न्यायधिश कुमारप्रसाद पोखरेलले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत मानन्धरलाई २१ हजार नगद राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी यूवा सक्रिय पत्रकारिता पुरस्कार र भट्टराई नगद दश हजार राशीको मिना श्रेष्ठ सक्रिय महिला पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको हो । गतवर्ष यी दुई पुरस्कारबाट पत्रकार कुमार लुईटेल र पत्रकार शशीला पाठक पुरस्कृत हुनुभएको थियो ।   

पुरस्कार वितरण कार्यक्रममा बोल्नु हुँदै पुनरावेदन अदालतका निमित्त मुख्य न्यायधीश पोखरेलले पत्रकारिता पेशालाई मर्यादीत बनाउन सक्दा मात्र उचित सामाजिक न्याय स्थापना हुने बताउनु भएको थियो । उहाँले पत्रकारिताको धर्म निर्वाह गर्दै आम पत्रकारहरुले सामाजिक न्याय सम्पादनमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड समेत दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.