Websoft University

केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापतिलाई आग्रह।


बिराटनगर, साउन ३ गते । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी एकलौटी ढंगबाट अघि नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । पौडेल नेतृत्वको टोलीले आइतबार बिहान बूढानीलकण्ठस्थित सभापति देउवाको निवासमै गएर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरिएको गुनासो गरेको हो ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउनसमेत पौडेल पक्षधरहरूले सभापति देउवासमक्ष माग गरेका छन् । देउवाले मंगलबार नै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने आश्वासन दिएका छन् । ‘हामीले पार्टी एकलौटी ढंगबाट सञ्चालन हुन थाल्यो । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कसरी अघि बढ्ने भन्नेबारेमा पार्टीभित्र समेत पर्याप्त छलफल भएन, केन्द्रीय कार्यसमितिको बैठक बोलाएर छलफल गर्नुपर्‍यो भनेर माग राखेका छौं,’ भेटमा सहभागी एक नेताले भने, ‘सभापतिज्यूले मंगलबार नै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर छलफल गराउँछु भन्नुभएको छ ।’
कांग्रेस र माओवादीबीच भएका समझदारी अनुमोदन गर्न गत बुधबार छोटो समयका लागि केन्द्रीय समितिको बैठक बसेको थियो । बृहत् छलफलका लागि पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक माग गरेको हो ।  
कांग्रेस र माओवादीबीच शनिबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको कानुन व्यवसायीहरूको छलफलमा नबोलाइएको भन्दै पौडेल समूहका नेताहरू असन्तुष्ट भएका थिए । पौडेलले लामो समयदेखि केन्द्रीय कार्यसमितिको बैठक नबोलाइएको, पार्टीमा पदाधिकारी मनोनयन गरेको, भ्रातृ संस्थाका अधिवेशनको तयारी नभएको र पार्टीका निर्णय प्रक्रियामा आफ्नो पक्षलाई बेवास्ता गरिएको विषय उठाएका थिए ।
देउवाले सबैलाई मिलाएर लैजाने वचन दिँदै पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक ४ वा ५ साउनमा बोलाउने बताएका हुन् । देउवालाई भेट्न पौडेलसहित नेताहरू प्रकाशमान सिंह, रामशरण महत तथा सीतादेवी यादव देउवा निवास गएका थिए । सभापतिलाई भेट्नुअघि शनिबार पौडेलले आफूनिकटका नेताहरूसँग छलफल गरेका थिए । अनलाइनबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.