Websoft University

पहिरोमा परेकाहरूलाइ सुरक्षित ठाउँ लगिदै।

श्रावण २ गते। ताप्लेजुङको तापेथोक गाविस–८,६मा गएको पैरोमा एकै परिवारका २१ जना पहिरोको बीचमा अलपत्र परेको र उद्धारजारी रहेको खबर छ । 

शनिबार बिहान रातभरको वर्षापछि घर वरिपरि पहिरो गएसँगै पहिरोको बीचमा उनीहरु अलत्रप परेको लेलेपका व्यापारी ग्याबु शेर्पाले बताए । उद्धारका लागि लेलेप र तापाथोक प्रहरी चौकीबाट गएको प्रहरी टोली पनि पहिरो गएको स्थानसम्म पुग्न सकेको छैन । 
प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले हिजो जान नसकेपछि र आज पनि बिहानै टोली त्यसतर्फ पठाइएको, तर सञ्चार सम्पर्क हुन नसकेको बताए । प्रहरी टोलीलाई रुखको पुल बनाएर भएपनि पहिरो गएको स्थानमा पुग्न प्रयास गर्न निर्देशन दिइएको केसीले बताएका छन् ।
 
छिमेकी लेलेप गाविसबाट विभिन्न बाटो भएर गएका दर्जन बढी युवाहरु उद्धारका लागि गएको, तर बाटो नभएर पुग्न नसकेको ग्याबुले बताएका छन् । वारिपारी जताततै पहिरो देखिएको र पुग्ने ठाउँको घुन्सा नदीको पुल समेत भत्किएकाले जान नसकिएको उनले बताए । ‘पुगीहाले फर्कने अवस्था नहोला की भनेर उद्धारकालागि हिँडेको टोलिले पनि आँट्न सकिरहेको छैन,’ उनले भने, ‘पाल र सामान्य खाद्यान्नको सामग्री लिएर जाँदैछ । त्यो क्षेत्रमा फोन नलाग्ने भएकाले उद्धारमा गएकाहरुले डाँडामा फोन लाग्ने ठाउँबाट सम्पर्क गर्ने गरेका छन् ।’
  
स्थानीयका अनुसार उक्त गाउँकी २७ वर्षीया ममता राई पहिरोका कारण वेपत्ता भएकीछिन् । बाहिरबाट कोही पुग्न नसकेको र त्यहाँका बाहिर निस्कन नसकेकोले उनको पछिल्लो अवस्थाबारे जानकारी छैन ।
 
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रहरीको सूचनाको पर्खाइमा रहेको बताए । ‘अहिले नै हेलिकप्टर मगाउन मौसम राम्रो छैन । त्यहाँको वास्तविक अवस्थाको पर्खाइका छौं,’ पाण्डेले भने ।
कञ्चनजंघा हिमाल जाने बाटोमा पर्ने यो गाउँ सदरमुकाम फुङलिङबाट डेढ दिनको पैदल दुरीमा रहेको छ । कान्तिपुर 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.