Websoft University

लेटाङ्ग भोगटेनीको नगरभवन बन्ने भो

प्रशान्त निरौला – लेटाङ भोगटेनी नगरपालिकाको भवन एक करोड साठी लाख रुपैयामा बन्ने भएपछि स्थानियबासी हर्षित भएका छन् । अत्याधुनिक भवनको रुपमा रहने उक्त भवनको पहिलो चरणको काम शुक्रवार मोरङ क्षेत्र नं. ९ का सांसद डिगवहादुर लिम्बुले सिालन्यास गरेपश्चात सुरु भएको छ । शुक्रवार स्थानियबासीको बाक्लो उपस्थितीका विच भवनको शिलन्यास भएको हो । शिलन्यास कार्यक्रममा बोल्दै लिम्बुले आफ्नो ब्यक्तिगत रुपमा कुनै स्वार्थ नभएकोले समाज विकासमा सधै लागिरहने बताउनु भयो । विकास एक जनाबाट मात्र सम्भव नहुने भन्दै नेता लिम्बुले सवैले एक जुट भएर विकासको कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । सरकारको निती अब नेपालका गाँउलाई नगरपालिका र गाँउपालिकाको स्वरुप दिने भएकोले सबैको ध्यान अव त्यसतर्फ जानुपर्नेमा जोड दिनुभयो । लेटाङभोगटेनी नगरपालिका संगै वरिपरिका गाँउहरु मिलाएर उपमहानगरपालिका समेत बनाउने गरि विकासका काम गर्न आफु तत्पर रहेको र सोही बमोजिम सबैलाई सो काममा जुट्न आग्रह पनि गर्नु भयो । समाज विकास गर्नका लागि अवसरलाई चिनेर काम गर्न र विकासका काममा जनताको प्रतिनीधिको हैसियतले झक्झक्याई रहन आग्रह गर्नु भयो । त्यस्तै शुक्रवारनै मोरङ क्षेत्र नं ९ मा ६ थान निक (NEEK) कम्पनीका ट्रान्सफर्मर वितरण गरिएको छ । सांसद क्षेत्र विकास कोषको रकम बाट ल्याईएको उक्त ट्रान्सफर्मर सांसद लिम्बुले एक कार्यक्रमका विच जाँतेमा एक , मधुमल्लामा एक, उर्लावारीमा एक, लेटाङमा २, सिंहदेवीमा एक थान वितरण गर्नुभयो ।
- हाम्रो लेटाङ्ग बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.