Websoft University

विराटनगरवासी काकाकुल

विराटनगर, जेठ २३ गते । विराट खानेपानी तथा सरसफाई आयोजनाको लापर्वाहीका कारण विराटनगरवासीले काकाकुलको नियति भोग्नु परिरहेको छ ।
विराटनगर ४ स्थित खानेपानी तथा सरसफाई आयोजनाको लापर्वाहीका कारण तीन दिनदेखि धारामा पानी नआएको स्थानीय श्याम शिवाकोटीले बताउनुभयो । ‘धारामा पानी नआउँदा विराटनगर ४ का वासिन्दा काकाकूल बनेका छौं । पटक–पटक भन्दा पनि पानी पाएका छैनौं’ शिवाकोटीले आक्रोश व्यक्त गर्नुभयो । यो समस्या विराटनगर–४ मा बढी रहेको उहाँको भनाई छ । आयोजनाको लापर्वाहीले एक पटक मात्र होइन, पटक–पटक यो समस्या व्यहोर्नु परेको छ । धारामा पानी नआउने नयाँ रोग नभएको स्थानीयको गुनासो रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.