Websoft University

बक्सर अलीको निधन

जेठ २२ –  तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका ७४ वर्षका अलीको शनिबार बिहान निधन भएको समाचार एनबिसी न्युजलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनी सन् १९८४ देखि पार्किन्सन रोगबाट पीडित थिए । गएको वर्ष पिसाब नलीमा संक्रमण भएपछि अलीलाई पटक–पटक अस्पताल भर्ना गर्नु परेको थियो । सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलिले १२ वर्षको उमेरदेखि बक्सिङ खेल्न थालेका थिए । उनी सन् १९६४, १९७४ र १९७८ मा विश्व हेभ्बीवेट् बक्सिङ च्याम्पियन बनेका थिए। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.