Websoft University

हलोक्रान्तीका अभियन्ता मृत भेटिए

लमजुङ, २९ जेठ । हलोक्रान्तिका अभियन्ता मायानाथ पौडेल आफ्नै घरमा मृत भेटिनु भएको छ । लमजुङको दुराडाँडा–६ अर्चल्यानी निवासी ८६ बर्षिय पौडेल शुक्रबार दिउँसो २ बजेतिर आफ्नै घरको पालीमा झुण्डिएको अवस्थामा भेटिनु भएको हो । २००६ साल साउन ११ गते पहिलोपटक हलो जोत्ने २७ जना ब्राम्हण मध्ये पौडेल एक हुनुहुन्थ्यो । हलोक्रान्तीका अभियन्ताहरुमा हाल पौडेल मात्र जिवित हुनुहुन्थ्यो । अन्य सबैको यसअघि निधन भैसकेको छ । बृद्ध अवस्थामा एक्लै पर्नुभएका पौडेल मानसिक तनावकै कारण आत्महत्या गरेको स्थानीय तथा आफन्तले बताए । पौडेलका छोरा नारायणको दुईवर्ष अघि निधन भएको थियो । छोराको निधनपछि बुहारी र दुृईवटा नाती चितवनमा बस्दै आएका थिए । पौडेलका भतिज एवं नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष सन्तोष पौडेलले तनावकै कारण उहाँले आत्महत्या गरेको हुनसक्ने बताउनुभयो । प्रहरीले घटनास्थलको अनुसन्धान गरि मुचुल्का उठाएको छ । पौडेलको शव पोष्टमार्टमका बेसीशहर ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.