Websoft University

इन्डियाले बनायो दसगजामा एकतर्फी पक्की सडक बाँकेको आधा भूभाग डुबानमा पर्ने खतरा


अन्तर्राष्ट्रिय नियमविपरीत भारतले एकतर्फी रूपमा दसगजामा जोडेर कालोपत्रे सडक बनाएको छ। सीमा सुरक्षा बल (एसएसबी) को निगरानीमा भारतले दसगजामा जोडेर कालोपत्रे सडक बनाएको छ।
सडकले नेपालगन्जलगायत बाँकेको ठूलो भूभाग डुबानको जोखिममा परेको छ। बहराइच जिल्लाको जानकीदेखि शिवपुरुवासम्म अर्थात् लक्ष्मणपपुर ब्यारेजबाट पश्चिम साइगाउँसम्म २१ किलोमिटर पिच सडक निर्माण कार्य सकिएको छ।
उक्त सडकरूपी बाँधका कारण गत वर्षदेखि डुबानमा पर्दै आएका हिरमिनिया-९ कालाबन्जरका राधेश्याम मौर्यले तीन वर्षअघि निर्माण थालिएको सो सडक कालोपत्रे भइसक्न लागेको बताए। आफ्नो क्षेत्रलाई डुवानबाट बचाउन, हामीलाई डुवाउदै छ भारतले – मौर्यले भने ‘बाध बनाएपछि हाम्रो तिर डुबाउन थाल्यो’ यस बर्ष पनि बर्षा लाग्यो अब फेरी डुवान हुन्छ।
बाँके प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ समेत सडक रुपी बाधमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी आएको बताउँछन।लक्ष्मणपुर व्यारेजबाट पुर्व तर्फ बाँधको छेउ छेउबाट समेत सो सडक बनाइएको छ। सो सडक निर्माणले नेपालबाट जाने पानीको प्राकृतिक वहाव रोकर नेपाली भुमि डुवाउन थालेको छ।
हिरमिनिया, भवानीयापुर, पिप्रहवा, जयसपुर, राधापुर, साइगाउँमा डुवानको जोखिममा परेको छ भने नेपालगन्जमा डुवानको प्रत्यक्ष असर पर्ने छ। यो सडकले नेपालका तर्फ बहने किरन नाला, बढैया नाला, शिवपुरुवा नाला,सुतैया नालाको प्राकृतिक वहावालाई रोक्ने भएको छ।
उता कलकलवा तटबन्ध र लक्ष्मणपुर बाँधले बाँकेको होलिया, वेतहनी, फत्तेपुर,गगापुर, मटैया लगायतका गाविस प्रत्येक बर्ष डुवानमा पदै आएका छन। भारत सरकारले २२ किलोमिटर कलकलवा तटबन्ध निर्माण गरेर बाँके जिल्लालाई डुवानमा पादै आएको छ भने अब सिमा रुपी सडकले नेपालगन्ज सहित अधिकाश भुभाग डुवान पार्ने भएको छ।
भारत सरकारको केन्द्रिय योजना अनुसार उत्तर प्रदेशको पब्लिक वर्क डिपार्टमेन्टले दश गजा क्षेत्रमा रहेका सिमास्तम्भ केन्द्र बिन्दु मानेर पिच सडकको निर्माण गरेको छ। भारत सरकारको केन्द्रिय योजना अनुसार उत्तर प्रदेशको पब्लिक वर्क डिपार्टमेन्टले दश गजा क्षेत्रमा रहेका पिलरलाई केन्द्र बिन्दु मानेर सडक बनाएको हो।
२०७० साल चैत ३० गते सर्वे गरेको निर्माण थालिएको सो सडकको अधिकाश भागमा पिच भइसकेको छ। २१ किलोमिटर सडक दशगजाबाट ५ देखि १० मिटर छेउ छेउबाट करिब २.५ मिटरदेखि ५ मिटरसम्म अग्लो र ३० मिटर चौडाई पिच सडक निर्माण गरेको छ। सो सडकमा ७ मिटर चौडा पिच बनाइएको छ।
लक्ष्मणपुर बाधँको पुर्व तर्फ कटकुइयामा सडक निर्माण भइरहेको छ। निर्माणधिन सडकमा पुल र कलवर्ड समेत एक दमै कम मात्रा राखिएको छ। निर्माणाधिन पक्की सडकमा पुल र कलवर्ड नहुदा नेपाल तर्फ जाने पानीको प्राकृतिक वहाव नेपाल तर्फ नै फर्किने जोखिम बढेको छ।
भारतले सिमामा बनाएको सडकले नेपालगन्ज उपमहानगरपालिका सहित जिल्लाका १७ गाविस डुवानमा पर्ने वितरण स्थानिय प्रशासनले गृह मन्त्रालय देखि भारत सरकारसम्म जानकारी गराइसकेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्ला दैविक प्रकोप उद्धार समितिले बाध रुपी सडक निर्माण रोक्नु पर्ने निर्णय गरि गृह मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय हुदै भारत सरकारलाई समेत सो जानकारी गराएको प्रजिअ पन्थले बताए।
हामीले स्थानिय प्रशासनबाट गर्ने जति गरेका छौ, भारत सरकारलाई जानकारी भइसकेको छ तर उताबाट कुनै राय प्रतिक्रिया आएको छैन, निर्माणको काम रोकिएको छैन – प्रजिअ पन्थले भने – हालै बाँकेमा आएका सिचाई सचिब र सिचाइ विभागका निर्देशकलाई समेत जानकारी गराएका छौ , अब हुने सह सचिव स्तरको सयुक्त बैठकमा सो विषय उठाउने भन्नु भएको छ। उनले माथिल्लो निकाय बाटै जोडदारसँग कुरा उठाउनु पर्ने बताए।
सो सडक निर्माणले डुवान हुने खतराका कारण सिमा क्षेत्रका साथै पुरै बाँकेबासी आतंकित भएका छन। गत सो बाध रुपी सडकको डुवानमा परि हिरमिनियाका आधा दर्जन घर भत्किएका थिए भने बाधले प्राकृतिक वहाव रोक्दा १ किलोमिटर क्षेत्र डुवान हुदा ठुलो मात्रामा अन्न बालीमा क्षति पुगेको थियो।-अन्नपूर्णपोस्टबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.