Websoft University

बजार बन्द गराउदै हिड्ने दर्जनौ माओवादी कार्यकर्ता पक्राउ

काठमान्डौ।  जेठ २७ गते।  बजार बन्द गराउँदै हिँडेका ८ जना माओवादी कार्यकर्तालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ ।
पोखरामा पनि बन्द प्रभाव परेको छ । निजी तथा सार्बजनिक सवारी साधन, कलकारखाना सबै बन्द छन् । बन्द आह्वानकर्ता सडकमा नदेखिए पनि सवारी साधन सञ्चालन नहुँदा बजार सुनसान जस्तै देखिएको छ । अत्यावश्यकीय सवारी साधन भने सञ्चालनमा छन्
त्यसैगरी काठमाडौंको मनमैजुमा बन्दकर्ताहरुले एउटा माइक्रोबस तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई रत्नपार्क, कालीमाटी र बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी ललितपुर प्रहरीले पनि बन्द गराउँदै हिँडेका ११ जनालाई पक्राउ गरेको जनाएको छ । माओवादी गरेको बन्द आह्वानमा अप्रिय दुर्घटना नहोस् भन्नका लागि काठमाडौंमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.