Websoft University

कोरियामा नेपाली कामदारको कोटा बढाउन द्विपक्षीय सम्झौता

काठमाडौं । नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ। यसपटक ३ हजार बढी कामदारमात्र कोरियाली भाषा परीक्षामा उत्तीर्ण गराउने बताए पनि यो कोटामा वृद्धि गर्न कोरियाली सरकार सकारात्मक देखिएको छ ।

नेपालमा गएको भूकम्प र त्यसपछिको पीडालाई मध्यनजर गर्दै कोरिया सरकारले नेपाली कामदार लैजाने कोटा वृद्धि गर्नेतर्फ सकारात्मक देखिएको हो ।
कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रम मन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएको बताइएको छ ।
दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन्। कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक कारण बनेको छ। अबैधानिक कामदार घटाउन दुवै पक्ष सहमत भएपछि अबको परीक्षामा कोटा थप हुने अपेक्षा गरिएको छ ।
मनोवैज्ञानिक परामर्शमार्फत अवैधानिक नेपालीलाई सुखीसाथ घर फिर्ती कार्यक्रम सञ्चालन गर्न पनि दुई पक्षबीच छलफल भएको छ। सीबीटी परीक्षामा सहभागी अनुसार उत्तीर्णदर घट्दै गएकाले यस वर्ष अबैधानिक नेपालीको संख्या बढेको छ।
उमेरको बन्देज तथा भूकम्प र नाकाबन्दीका कारण युवामा निराशा उत्पन्न भई अबैधानिक हुनेको संख्या बढेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.