Websoft University

दुई स्थानमा सवारी दुर्घटनाबाट १७ जना घाइते

सिरहा, असार १ गते। पूर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको छुट्टा छुट्टै दुई स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा परी १७ जना घाइते भएका छन्। सिरहाको धनगढीमाई नगरपालिकामा सिरहा सदरमुकामबाट सप्तरीको राजविराजतर्फ जादै गरेको बा २ ख ८७३१ नम्बरको बसको ब्रेक अचानक फेल भई दुर्घटना हुँदा उक्त बसमा सवार १४ जना यात्रुहरु घाईते भएका छन्। घाइते यात्रुहरुलाई उपचारकालागी स्थानीय भुमिजा अस्पताल पुर्‍याइएको छ। बस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। त्यसैगरी सिरहा गोलबजार नगरपालिका ८ मा मंगलबार दुई मोटरसाइक ठोक्किंदा तीन जना घाइते भएका छन्। ग ४ प ५४७५ र स ५ प ६७०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सिरहा मिर्चैया नगरपालिका ११ वस्ने २७ वर्षिय मिथिलेस यादव, गोलबजार ६ बस्ने २९ वर्षिय दिनेश साह र ६२ बर्षिय रामचन्द्र साह घाइते भएका हुन। घाइते तीनै जनाको स्थानिय अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.