Websoft University

एकको करेन्ट लगेर र अर्काको जलेर मृत्यु

बिराटनगर।  जेठ २२ गते।  सिरहाको पोखरभिण्डा गाविसमा हिजो दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। पोखरभिण्डा गाविस ९ बस्ने रामबाबु यादवको १९ वर्षिय छोरा सन्तोष कुमार यादवको दिँउसो २ बजेतिर आफ्नै घरमा बिजुलीको तार जोड्नेक्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ। करेन्ट लागेर मुर्छा परेका यादवलाई उपचारकालागी लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको थियो। मृतकको शव सप्तऋषि अस्पताल लहानमा राखीएको छ।

सिरहाको मझौलिया गाविसमा आगोलागीबाट हिजो एक युवतीको मृत्यु भएको छ। मझौलिया गाविस ८ बस्ने फर्मा मियाँको १७ वर्षकी छोरी रिना खातुनको आगोलागीबाट आज बिहान मृत्यु भएको हो। बिहान करिब १० बजे घरमा कोही नभएको बेला युवतीले आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा घटनास्थलमै मृत्यु भएको मृतकका परिवारले प्रहरीलाई बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटि गई घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.