Websoft University

मोटरसाइकलको ठक्करबाट सिरहामा पैदलयात्रीको मृत्यु

सिरहा, जेष्ठ २२ गते। सिरहा नगरपालिका १६ स्थित मार्डर-सिरहा सडक खण्डमा गएराती मोटरसाइकलले ठक्कर दिएर एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा नगरपालिका ३ बस्ने ६५ वर्षिय शिवनारायण साह रहेको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ। साहलाई शुक्रबार राती ८ बजेतिर ना ३८ प ६०५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते उनको जिल्ला अस्पताल सिरहामा पौने नौ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलका चालक सिरहा नगरपालिका २ बस्ने ३० वर्षिय सुरेन्द्र साहसमेत घाइते भएकाले उपचारकालागी न्युरो अस्पताल बिराटनगरतर्फ ल्याइएको उक्त कार्यालयले जनाएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय मार्डरको नियन्त्रणमा रहेको छ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.