Websoft University

पूर्वका उखु किसान चरम शोषणमा

विराटनगरःसुनसरीको अमाही–वेल्हास्थित इस्र्टन सुगर मिलले उखुको भुक्तानी नदिंदा किसानहरु समस्यामा परेका छन् ।  सुनसरीको भीमपुरमा भएको छलफलपछि उखु किसानहरु आफूहरुलाई करोडांै रुपैयाँ दिनुपर्ने भएकाले मिलले भुक्तानी नदिएसम्म संगठित भएर विरोध जनाउने निर्णयमा पुगेका छन् । मिल र उखु उत्पादक किसानबीच मिलसम्म उखु पुर्याएको २५ दिनभित्र रकम भुक्तानी दिने सहमति भए पनि मिलले सहमति पालना नगर्दा आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।  सुनसरी, मोरङ, झापालगायत जिल्लाका किसानले ८ हजार बिघामा उत्पादन गरेको १३ लाख ३९ हजार क्वीन्टल उखु मिललाई बिक्री गरेको महिनांै बितिसक्दा पनि सबैले भुक्तानी पाउन सकेका छैनन् । किसानहरुले चालु आर्थिक वर्षमा मिलबाट झण्डै ६५ करोड भुक्तानी पाउनुपर्ने भए पनि मिलले विभिन्न कारण देखाएर भुक्तानीमा आनाकानी गरिरहेको उखु उत्पादक किसान ध्रुव कोइरालाको बताए ।     मिलले समयमा भुक्तानी नदिंदा बैंकबाट ऋण लिएर उखु खेतीमा लागेकाहरुको घर र खेत लिलामी हुने अवस्थामा पुगेको किसानहरुको गुनासो छ । भुक्तानी समस्याकै कारण पछिल्लो समय उखु खेती गर्ने किसानहरुको संख्यासमेत घट्दो छ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.