Websoft University

ज्वाइँ खोज्न पनि आवेदन खुल्यो

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक एक कामका लागि लोकतान्त्रिक तरिका अपनाएका छन् । उनले आफ्नी २९ वर्षीया बहिनी यो जोङको विवाहका लागि लोकतान्त्रिक तरिका अपनाउन लागेका हुन् । जसका लागि किमले देशभरीबाट  युवकहरु चुन्दैछन । देशभरिबाट चुनिएका युवकहरुमध्येबाट एकजना छान्ने स्वतन्त्रता उनले आफ्नी बहिनीलाई प्रदान गरेका छन् ।  तर, उनको ज्वाइँ बन्नका लागि उनले बिभिन्न योग्यताहरु तोकिदिएका छन् ।

किमले ज्वाँइ खोज्नका लागि अविवाहित युवाहरुको एउटा भेला नै आयोजना गरेका छन् । जसमा सहभागी गराउन किम आफैँले ३० अविवाहित युवकलाई छनोट गरिसकेका छन् । किमले उक्त सभाबाट आफ्नी बहिनीले छानेको युवकलाई उनले ज्वाइँ बनाउने घोषणा गरेका छन् ।
ज्वाई बन्नका लागि न्यूनतम शर्त
१. किम इल सुङ विश्वविद्यालयबाट कम्तिमा स्नातक गरेको हुनुपर्ने
२.उचाई कम्तिमा ५ फिट १० इञ्च हुनुपर्ने
३. हेर्दा आकर्षक हुनुपर्ने
४. उत्तर कोरियाली सेनामा योगदान दिएको हुनुपर्ने
यी योग्यता पुगेका युवकलाई उनको बहिनीले छनोट गरेपछि मात्र उनले ज्याइँ बनाउनेछन् ।  , किमले ज्वाइँ खोज्नका लागि यस्तो सभा आयोजना गरेको पहिलो पटक भने होइन । उनले सन २०१२ मा पनि यस्तो सभा आयोजना गरेका थिए । तर, खोजेजस्तो नपाएपछि सबैलाई अस्विकृत गरिदिए ।
किमको बहिनीको स्वभावः
दक्षिण कोरियाली पत्रिका ‘द चोशुन’का अनुसार यो जोङ आफ्नो दाइको पर्सनल एसिस्टेन्टको भूमिका निभाउँछिन् ।
उनले किमका लागि अपोइन्टमेन्ट, प्रमोशन तथा प्रोपोगाण्डाको कार्यभार सम्हाल्दै आएकी छन् ।एक उत्तर कोरियाली भगौडका अनुसार युनिभर्सिटीमा अध्ययनका दौरान यो जोङको व्यवहार निकै अलग थियो । उनी हलबाट निस्किएपछि सबै विद्यार्थीले उनका लागि बाटो खाली गरिदिनुपर्दथ्यो ।
उनी चढेको लिफ्टमा उनका कक्षाका साथी बाहेक अरु कोही पनि चढ्न पाउँदैन थिए । उनको विवाह एक पटक भइसकेको  छ । उनको एक आर्मी चिफसँग विवाह भएको थियो । तर, जनवरी २०१३ मा एक कार दुर्घटनामा  उनका पतिको मृत्यु भएको हो । उनका पतिको मृत्युभएपछि उनी अहिले सिंगल छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.