Websoft University

केडिया अपहरणमा नेबि संघका नेताको हात पाँच पक्राउ

बारा, जेठ २६ । प्रहरीले वीरगन्ज खाद्य उद्योगका संचालक सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ ।
आज बारामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरुमा महागढीमाई नगरपालिका बरियारपुर– २ का वीरेन्द्र यादव, महागढीमाई १ का पुष्कर कुमार चौधरी, कवहीका चञ्चल पाण्डे, तेलकुवा बस्ने जियालाल यादव र कवही जब्दीका जियालाल यादव रहेका छन् ।
वीरेन्द्र यादव नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत हुन् । सर्वजनिक गरिएका अभियुक्तहरु केडियाको अपहरणमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको मध्य क्षेत्रीय प्रहरी प्रमुख डिआजी पशुपति उपाध्यायले जानकारी दिए ।
चञ्चल पाण्डेले भारत बिहारको मोतिहार जेलमा रहेका कुख्यात अपराधी बब्लु दु्बेसँग मिलेर उद्योगी केडियालाई अपहरण गर्ने योजना बनाएको र अन्य अभियुक्तहरुबाट सहयोग लिएको अनु्सन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा पक्राउ परेका नेपालीहरुको बारेमा जानकरी गराइए पनि भारतीय अपराधीको बारेमा भने केही पनि बताइएन। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.