Websoft University

चीनद्वारा माथिल्लो त्रिशुलीमा रु साढे ३५ अर्ब लगानीको प्रस्ताव

बिराटनगर जेठ ३० गते । हाइड्रो चाइना कर्पोरेसनले अपर त्रिशुली हाइड्रोपावर सञ्चालनका लागि प्रस्ताव गरेको छ । भूकम्प तथा नाकाबन्दीपछि नेपालमा ठूला उद्योग आउने क्रम घटिरहेको अवस्थामा चिनियाँ कम्पनीले यस्तो प्रस्ताव गरेको हो ।
लगानी बोर्डले पहिलो डिल गरिसकेपछि सो कम्पनीले प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृतिका लागि उद्योग विभागमा आवेदन दिएको छ ।
‘हामीले केही चरणमा कुरा गरेपछि लगानीको अनुमतिका लागि उद्योग विभागमापठाएकाहौं,’लगानी बोर्ड स्रोतले भन्यो ।
नेपालमा आउने सबै प्रत्यक्ष वैदेशिक लगानीलाई उद्योग विभागले स्वीकृति दिनुपर्छ ।
उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेका अनुसार कर्पोरेशनले १ सय २ मेगावाटको माथिल्लो त्रिशुलीमा ३५ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ ।
रसुवाको गुल्जुङ र गेल्टाङमा आयोजना बनाउने कर्पोरेशनको प्रस्ताव छ । आयोजनामा शतप्रतिशत लगानी गर्ने कम्पनीले जनाएको छ ।
उद्योग विभागबाट स्वीकृति पाएपछि कम्पनीले आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरणबाट जेनेरेसन लाइसन्स लिनुपर्ने कानूनी व्यवस्था छ ।
पछिल्लो समयमा सरकारको चीनसँगको सम्बन्ध सुमधुर भइरहेको अवस्थामा होटल, रेस्टुराँ, हाइड्रोपावर, सिमेन्टलगायतमा लगानीका लागि चिनियाँ प्रस्तावहरु बढ्न थालेकोमा नेपाली जन्ता खुसिभएकाछन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.