काठमाडौं–जेठ३०गते।चिनियाँ राष्ट्रपति सि जिनपिङले अगामी असोजमा नेपाल भ्रमण गर्ने लगभग तय भएको छ । साउथ चाइना मोर्निङ पोष्टको रिपोर्ट अनुसार आगामी अक्टोबर महिनामा पानाजीमा हुने ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने छन् ।

हङकङको पत्रिकाले नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै सम्मेलन सकिएको दिन अर्थात् अक्टोबर १६ (असोज ३०) गते नेपाल आउने जनाएको छ ।
यसैहप्ता नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ सैन्य एडमिरल सुन जियानगुओले समेत यस विषयबारे संकेत गरेको उक्त रिपोर्टमा उल्लेख छ ।
Post a Comment