Websoft University

धारीलो हतियार प्रहारबाट तीन घाइते

मोरङ, असार ८ गते। मोरङको सिजुवा ८ शनिश्चरे र ओखलढुङ्गाको श्रीचौर १ मंगलबार धरीलो हतियार प्रहारबाट तीनजना घाइते भएका छन्। शनिश्चरे ८ बस्ने प्रेम बहादुर लिम्बु र उनका छिमेकी राजु कटुवाल विच मादक पदार्थ सेवनगरी सामान्य विबादका कारण एक अर्कामा धारीलो हतियार (दाउ) हानाहान भएको थियो। हतियार हानाहानबाट दुवै जना घाइते भएकाले राजु कटुवाललाई न्यरो अस्पताल विराटनगर मा उपचार भइरहेको छ भने प्रेम बहादुर लिम्बुको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। त्यसैगरी ओखलढुङगाको श्रीचौर १ बस्ने फडिन्द्र सुनुवारले मादक पदार्थ सेवनगरी सोही ठाउ बस्ने मान बहादुर सुनुवारलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भिर घाइते भएका छन्। सामान्य विबादका कारण फडिन्द्रले उनलाई खुकुरी प्रहार गरेका थिए। घाइते मान बहादुर सुनुवारको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने फडिन्द्र सुनुवारलाई इलाका प्रहरी कार्यालय बरुणेश्वरले नियन्त्रणमा लिएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.