Websoft University

प्रधानमन्त्रीद्वारा विराटनगरमा सञ्चारग्रामको शिलान्यास

विराटनगर, जेठ २९ गते / प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बन्द हड्ताले गरिबीतिर धकेल्न लागेकोले अब आर्थिक विकासमा लाग्न राजनैतिक दललाई आग्रह गर्नु भएको छ  ।

बिना लक्ष्यको आन्दोलन गरेर देशको विकासलाई बाधा पुर्याउन कसैलाई कसैले नपाउने उहाले बताउनु भयो।  विराटनगरमा निर्माण हुन लागेको सञ्चारग्रामका शिलान्यास  कार्यक्रमा बोल्दै उहाले संबिधान निर्माणमा भएको असन्तुष्टिलाई सच्याउन आफू तयार रहेको बताउनु भयो  ।

देशलाई राजनैतिक रुपमा अधिकारयुक्त बनाएकोले राष्ट् बिखण्डनको कुरा गर्न नपाउने र राष्टको एकताको धज्जी उडाउन नपाउने उहाको भनाइ थियो । प्रधानन्त्री ओलीले आफु मुलुककै प्रधानमन्त्री भएको हेक्का आफूलाई राम्रोसँग रहेको बताउँदै राष्ट् निर्माणका लागि असन्तुष्ट दलहलाई बार्ताबाट सहमति गर्न आग्रह गर्नु भयो  ।  

आफू नेतृत्वको सरकार सुक्ष्म नरहेको जिकिर गर्दै  तिव्रगतीमा चल्ने भएकोले संविधानमा भएको विषयलाई बिवादमा ल्याएर देश निर्माणमा अवरोध सिर्जना गर्न नहुने दोहोर्याउनु भयो  ।

पहिलो र दोस्रो पुस्ताले आन्दोलन गरेर संबिधान ल्याइसकेको बताउँर्दै उहाले राजनैतिक विषयमा भएको समस्या लाई सुल्झाएर आर्थीक उन्नती तर्फ देशलाई लैजान सवै दलले भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.