Websoft University

पर्खाल निर्माणमा घोटालाको आशंका

बिराटनगर, जेठ २९ गते।  बिराटनगर उपमहानगरपालिका  १५ स्थित  राष्ट्रिय समाचार समितिको पर्खाल निर्माणमा आर्थिक चलखेल भएको आशंका गरिएको छ । उपमहानगरपालिकाले सडक विस्तारका निम्ति चौडा गर्दा क्षति पुग्न गएको उक्त पर्खाल राससकै आग्रहमा नगरपालिकाले निर्माण गर्ने सम्झौता भएको थियो ।
प्राप्त समाचारअनुसार उक्त पर्खाल निर्माण गर्नका लागि उपमहानगरपालिकाले तीन लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्ये नगरपालिकाले करिव चार हजार इटा मात्र प्रयोग गरेको छ ।
 नगरपालिकाले ठेकेदारसँगको मिलेमतोमा टालटुले काम गरेर तीन लाख रुपैयाँ खर्च ग¥यो भन्दा पत्याउने कुनै ठाउँ नै नभएको स्थानीयको भनाइ रहेको छ ।
भूकम्पका कारण राससको भवन समेत क्षतिग्रस्त बन्न पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.