Websoft University

गुल्मीको जिल्ला प्रशासन अत्याधुनिक भवनमा


–अनिल खत्री
गुल्मी, २९ जेठ । गुल्मीको जिल्ला प्रशासन कार्यालय नवनिर्मित अत्याधुनिक भवनमा सरेको छ । २०६९ वैशाख १० गतेदेखि काठमाडौंको धापसीमा रहेको सूर्यचन्द्र कन्स्ट्रकशन कम्पनीले निमार्ण कार्य सुरू गरेको त्यस भवनमा जिल्ला प्रशासन कार्यालय सरेर नियमित कार्य गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो ।
भवन कुल १८ वटा कोठासहितको उक्त भवन अपङ्गता भएका, जेष्ठ नागरिक र असाहय मैत्री रहेको छ । भवन भ्याट बाहेक २ करोेड ७६ लाख ७६ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।
२०७२ सालको कार्तिकमा निर्माण कार्य सम्पन्न भए पनि रकम निकासीमा ढिलाई भएको छ । सोही स्थानमा २०२२ सालतिर बनाइएको पुरानो जिल्ला प्रशासन कार्यालयलाई भत्काएर अत्याधुनिक भवन निर्माण कार्य सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समितिको पुरानो भवनबाट सेवा प्रदान गरेको थियो ।
नयाँ स्थानमा सरेको प्रशासनबाट रुरु गाविस वडा नम्वर ६ भटकुवाकी प्रीती सुवेदी पहिले सेवाग्राहिका बनिन् । उनले १६ वर्ष उमेर नपुगेका कारण नागरिकता बनाउन नपाउँने हुँदा नावलक परिचय पत्र बनाउन आएकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.