Websoft University

प्रधानमन्त्री ओलीद्वारा ह्यारिसन होटलको शुभारम्भ

विराटनगर, जेठ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच यहाँस्थित ह्यारिसन होटलको शुभारम्भ गर्नु भयो । विराटनगर–२ स्थित करिब ४० करोडको लागतमा निर्माण सम्पन्न होटलको शुभारम्भ गर्नु हुँदै प्रधानमन्त्री ओलीले विराटनगरका उद्योगीहरूको समस्यालाई गम्भीरताका साथ लिएको बताउनुभयो । उहाँले उद्योगधन्दा, कलकारखाना, अन्तर्राष्ट्रिय हवाई अड्डा निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विराटनगरमा निर्माणाधीन रिङरोडलाई प्राथमिकताका साथ सम्पन्न गर्न सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले जोगवनी–किमाथाङ्का सडकलाई सरकारले निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्योगपति मोति दुगडले सरकारले बजेटमा विराटनगरलाई ओझेलमा पारेकोमा दुखेसो व्यक्त गर्नुभयो । उहाँले विराटनगरका उद्योगी व्यवसायी पलायन हुने खतरा बढेको तर्फ ईंगित गर्दै आफूले संचालनमा ल्याएको होटलले पूर्व क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
दुगड स्पाइसेस एण्ड फूड प्रोडक्ट्स प्रा.लि.का सञ्चालक समेत रहनुभएका दुगडले उद्योगी व्यवसायीले पु¥याएको योगदानप्रति सरकार गम्भीर नभएको आरोप समेत लगाउनुभयो । सो अवसरमा सेन्चुरी मसलाका उत्कृष्ट विक्रेतालाई सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.