Websoft University

आफ्नै नङबाट थाहा पाउनुहोस् तपार्इंकारोगहरु।

-डाक्टर ललितकुमार मिश्र 
हातखुट्टाका नङको रङले मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यका बारेमा पूर्ण जानकारी गराउँछ । नङमा देखिने सेतो दाग, गुलाबीपन या धर्सो हुनुको अर्थ हो— शरीरमा कतै कुनै गम्भीर प्रकृतिको रोग अदृश्य रूपमा पलाइरहेको छ । कलेजो, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको प्रमाण व्याक्तिको नङबाट थाहा हुन्छ । नङको काम हातखुट्टाका औंलाको सौन्दर्य बढाउनुमात्र होइन, यसले शरीरभित्र गुप्त रूपमा रहेका रोगहरूका बारेमा पनि संकेत दिन्छ ।
शरीरभित्र कुनै अंगप्रत्यंगमा के कस्तो किसिमको खराबी छ, या हुने सम्भावना छ भनेर नङले आफ्नो आकार, प्रकार र रङ परिवर्तन, पातलो, मोटोखस्रो, खिएको, टुटेको, फुटेको, धर्सो आदिजस्ता परिवर्तनको माध्यमले जानकारी दिन्छ । जसरी कुनै बिरामीको रोग पत्ता लागाउन आवश्यकतानुसार उसको एक्स–रे, ईसीजी, इलेक्ट्कार्डियोग्राम, दिसा, पिसाब, खकार, रगतलगायतको जाँच गराइन्छ । जाँचका क्रममा चिकित्सकद्वारा रोगीको अब्जर्वेसन गर्नुका साथै उसको शारीरिक परीक्षण गर्ने क्रममा रोगीको हातखुट्टाका औंलाहरूको पनि निरीक्षण गरिन्छ । यसबाट पनि रोगको निदानमा थप मद्दत मिल्छ ।
व्यक्तिको नङले पनि रोग निदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । आधुनिक चिकित्सा विज्ञान (एलोप्याथिक)ले व्यक्तिको नङलाई रोग निदानबाहेक अन्य महत्त्व दिँदैन भने आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा बिरामीको नङको रङ परिवर्तन हुनुलाई विशेष महत्त्व दिइन्छ । कारण के हो भने रोग, रोगी र स्वास्थ्यको परिभाषा आधुनिक चिकित्सा एलोप्याथिकको कन्सेप्टभन्दा होमियोप्याथिकको अवधारणा अलिक फरक हुनुका साथै उपचार गर्ने तरिका पनि भिन्न छ ।
रोग निर्धारण तथा निवारणः चिकित्सा शास्त्रको इतिहासलाई हेर्ने हो भने प्राचीन कालमा आजको जस्तो रोग निदानका आधुनिक उपकरणहरू थिएनन् । त्यस बेलाका आयुर्वेदिक फिजिसियन (वैद्य) युनानी (हकिम)हरूले रोगीको शारीरिक निरीक्षणका क्रममा नाडी, जिब्रो र हातखुट्टाका नङ हेरेर रोगको निदानमात्र होइन, गम्भीर रोगको सफल उपचार पनि गर्थे ।
सन् १७९० मा जब होमियोप्याथिक चिकित्साको विकास भयो, त्यसपछि रोगीको अन्य परीक्षण गराउनुका साथै हातखुट्टाका नङको विभिन्न अवस्थालाई ध्यानमा राखेर, नङको रङ, रूप, आकार, परिवर्तनले रोग निर्धारण गर्नेमात्र होइन कि सफलतापूर्वक रोग निवारण पनि गर्दै आइरहेको छ । विभिन्न रोगमा भिन्नाभिन्नै देखिएको नङको रङ परिवर्तनको विषयलाई लिएर अहिले पनि अध्ययन अनुसन्धान जारी छ । तर होमियोप्याथिक चिकित्सा विज्ञानको मेटेरियामेडिका औषधि गुणलक्षण संग्रह नामक पुस्तकमा नङको आकार, प्रकार, रङ परिवर्तनका साथै विभिन्न अवस्थाका बारेमा पर्याप्त जानकारी उपलब्ध छ ।
नङले स्वास्थ्यको कुन रहस्य प्रकट गर्छः स्वस्थ नङ स्मुथ र दागधब्बारहित हुन्छ । नङको रङ र सेप एकनासको हुन्छ ।
–चाँडै भाँचिने, चर्केको, सुक्खा तथा छिटो झर्ने खालको नङले थाइरायड हार्मोन असन्तुलनको संकेत गर्छ ।
–नङ चिरिएको छ, रङ पहेँलो छ भने सम्भवतः फंगल (ढुसी) इन्फेक्सनका कारण हुनसक्छ ।
–नङको मुनितिर कुनै गहिरो रङको धर्सो छ भने यसले कुनै गम्भीर रोग छ वा हुनेतर्फ संकेत गर्छ । जतिसक्दो चाँडै परीक्षण गराउनुपर्छ । यो लक्षणले छालाको क्यान्सर भएको संकेत दिन्छ ।
–यसैगरी नङको रङ नीलो हुन थाल्यो भने अस्थमा तथा मुटु रोगको संकेत हो ।
– नङको पहेँलो रङमा परिवर्तन हुनु क्यान्सरजस्तो घातक रोगको संकेत हुनसक्छ ।
–घडीको सिसा आकारको नङले टीबी, फोक्सोको ट्युमर, मुटुको पुरानो रोगको संकेत दिन्छ ।
–यसैप्रकार चम्मच आकारको नङले सिफिलिस, छालासम्बन्धी रोग तथा मानसिक समस्या छभन्ने संकेतदिन्छ ।
–नङमा डाँडाको टुप्पोजस्तो खस्रो धर्सो देखिन्छ भने यो प्रकृतिगत रूपमा वंशानुगत हो । यसबाट अर्थराइटिस, कोलाइटिसजस्तो रोग छ या हुनसक्नेसम्भावनाको संकेतगर्छ ।
–नङ नीलो हुँदै गइरहेको छ भने अक्सिजनको कमी, श्वासप्रश्वासको रोग या मुटुरोगको कारण हुनसक्छ ।
–नङको रङ आधा गुलाबी र आधा सेतो देखिन्छ भने मधुमेह रोगतर्फ संकेत गर्छ ।
–एकदमै सेतो नङले एनिमिया, डायबिटिज या कलेजोसम्बन्धी कुनै रोग छ या हुनेतर्फ संकेत गर्छ ।
औंलाहरूको सौन्दर्यमा नङको विशेष भूमिका रहन्छ । नियमित रूपमा सफाइ गर्ने । बलियो राख्नका लागि नरिवलको तेल औंलाको टुप्पामा लगाई मालिस गर्ने । बट्टा खोल्न नङको प्रयोग नगर्ने । बगैंचामा काम गर्दा पञ्जा प्रयोग गर्ने । नुहाइसकेपछि नङ काट्ने । यसले गर्दा नङको टुट्ने खतरा रहँदैन । नङ काट्दा ब्लेडको प्रयोग नगर्ने, नेलकटर र फायल प्रयोग गर्ने । दाँतले नङ टोक्ने गर्नु हुँदैन, यसबाट संक्रमण हुनसक्छ । जुत्ता आरामदायक र फिटिङ हुने खालको लगाउने ।
नङ टुटेको या बांगोटिंगो भएको छ भने कुनै ड्रमोटोलिजिस्टसँग सल्लाह लिने । नङका धेरैजसो समस्या अस्थायी हुन्छ, नयाँ नङ पलाएपछि स्वतः ठीक हुन्छ । नङ र कपाल एक रातमा बढ्ने या बिग्रिने होइन । नङ महिनामा तीन मीमीको दरले बढ्छ । गर्मीमा नङ तीव्र गतिले बढ्छ ।
नङमा देखिने समस्याः कमजोर र अगाडिबाट चिरा पर्ने नङ नेलप्लेट अत्यधिक सुक्खा भएको कारणले हुन्छ । नेलप्लेट केटरिनले बनेको हुन्छ । यसमा पानी र बोसोको मिश्रण हुन्छ । यी दुवैमध्ये कसैको कमी भएमा नङ फाट्छ । यसबाट बच्च प्रशस्त पानी पिउनुपर्छ ।
–कहिलेकाहीँ नङको फेदबाट या छेउको त्वचा (क्युटिकल)बाट पानी निस्किन्छ । क्युटिकल नङलाई त्वचाबाट अलग राख्छ । यसले नङलाई बढ्न मद्दत मिल्छ । यसै कारण कहिलेकाहीँ तानिएको क्युटिकलबाट पानी निस्किन थाल्छ । यसबाट बच्न क्युटिकललाई नरम
राख्ने र नङको कुनालाई पनि ठीकसँग काट्नुपर्छ ।
–बूढी औंलाको नङ सामान्य रूपमा भित्रतिर बढ्दै गाढिने समस्या देखिन्छ । नङलाई ठीकसँग काटिएन भने भित्रतिर नेलफोल्डतिर बढ्न थाल्छ । यसरी नङ त्वचाभित्र पसेको अवस्थामा खुट्टाको बूढीऔंला रातो हुनुका साथै दुख्न थाल्छ ।
–फंगल इन्फेक्सनका कारण नङ कडा, भाँचिएको, रंगविहीन हुन्छ ।
–जुन व्यक्तिको नङ खैरो या भाँचिएको हुन्छ, उनीहरू रक्सीको सेवन बढी गर्छन् या खानामा क्याल्सियम प्रयोग गर्दैनन् । खानपान सही भयो भनेमात्र नङ स्वस्थ रहन सक्छ । खानामा क्याल्सियम, जिंक, आइरन भएका फलफूल, हरियो सागसब्जी, बदाम, माछा, अण्डा, लसुन, प्याजका साथै प्रशस्त पानि पिउने र कम्तीमा एक गिलास दूध नियमितसेवनगर्नुपर्छ । बढी गुलियो नखाई अल्कोहलबाट टाढै रहनुपर्छ ।
होमियोप्याथिक औषधिः नङको परिवर्तित रङबाट अनेक प्रकारका नयाँ तथा पुराना रोगको पहिचान र उपचार गर्नु होमियोप्याथिकको विशेषता हो ।
अन्नपूर्णपोस्टबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.