Websoft University

बिराटचोकमा १ नम्बर प्रदेश स्तरीय पाटी एकताको-अध्यक्ष प्रचण्ड बाट घोषणा ।

cm3
 बिराटनगर, असार ५ । अध्यक्ष प्रचण्डले पार्टी एकता निषेधका निषेध भएर आएको छ, यो हिजोको समूहहरु जस्तो होइन, उहाँले पार्टी एकता नयाँ रुपमा नयाँ पार्टी बनेर आएकोबताउनु भएकोछ । हिजो शनिवार विराटचोकमा आयोजित १ नं. प्रदेश स्तरीय एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी विभाजनको पीडा भोग्नु हामी कसैको नियत थिएन, यो अनिवार्य नियति थियो । अब हामीले नयाँ अनुभवबाट जानुपर्छ , हामीले यो प्रक्रियामा नयाँ अनुभवबाट नयाँ ज्ञान प्राप्त गरेका छौ र हामी सबै पहिलेको भन्दा परिपक्कव भएको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो एकै व्यक्तिको नेतृत्वमा जनयुद्धको तयारी, जनयुद्ध, शान्तिप्रक्रिया, पार्टी फुट र फेरी एकता विश्व इतिहासमा पाइन, यो नेपालमा मात्र भएको बताउनु भयो । उहाँले भन्नुभयो पार्टी एकताबाट राष्ट्रिय एकता सुदृढ गर्दै सिंगो राष्ट्रियताको रक्षा गर्ने, संकृण राष्ट्रवाद र विखण्डनवादले राष्ट्रलाई टुक्रयाउने खतराबाट बचाउनु रहेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले जोड दिँदै भन्नु भयो संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न, पुन निर्माणको कामलाई तिव्रता दिन, जनताका समस्या हल गर्न राष्ट्रिय सहमति कायम गरी यसको आधारमा राष्ट्रिय एकता मजबुत बनाउनु पर्ने बताउनु भयो ।
अध्यक्षले पार्टी एकता नेपाली क्रान्तिकारी माओवादी र सिंगो राष्ट्रलाई मात्र होइन कि नेपाली भूमिमा क्रान्ति सम्पन्न गर्दै विश्वभरीका क्रान्तिकारीहरुलाई एकताबद्ध बनाउने तथा नेपाली विचारमा विकास गरी संश्लेषण गरेर विश्व कम्युनिष्ट आन्दोलनलाई सेवा गर्ने पुग्ने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले माओवादीहरु फरक धातुले बनेको साथै पृथक स्कुल, पृथक धार भएको बताउदै उहाँले २०४५र०४६ देखि यो नयाँ स्कुलको सुरुवात भएको तथा १० वर्षको जनयुद्ध शान्ति प्रक्रिया, पार्टी विभाजन तथा पार्टी एकता मार्फत् अर्थात माओवादीको धारा स्थापित भएको बताउनु भयो । यो स्कुलको संश्लेषण जरुरी भएको र यसको संश्लेषणले मात्र हामी नेपाली क्रान्ति पुरा गर्दै विश्व क्रान्तिलाई सहयोग गर्न सकिने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले संगठनबारे एक उच्चस्तरीय कार्यदल बनेको र सो कार्यदलकोे प्रतिवेदन अनुरुप संगठनलाई विधि अनुरुप व्यवस्थित बनाउने बताउनु भयो ।
भेला तथा प्रशिक्षण कार्यक्रमलाई क.रामबहादुर थापा बादल, नारायणकाजी, मात्तृका यादब, मणी थापा, जयपुरी घतिं, तिलक परियार समेतले सम्बोधन गरेकाथिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.