Websoft University

बिराटनगर चितवन र वीरगन्जबाट १५ जना डाक्टर पक्राउ परे

बिराटनगर ,असार ४ गते ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले हिजो बिराटनगर चितवन र वीरगन्जमा  १५ जना चिकित्सकलाई बिभिन्न अस्पताल तथा क्लिनिकबाट पक्राउ गरेको छ । ब्यूुरोका प्रहरी नायब उपरीक्षक फिरोज बस्नेत नेतृत्वको टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा चितवनबाट ३ र पर्साबाट ९ बिराटनगरबाट ३ जना चिकित्सकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिराटनगर लाइफ गाडका डाक्टर  जाबेद 
अन्सारी समेत ३ जनाछन भने अन्य चिकित्सकहरूमा रजनी अग्रवाल , सुनिल आचार्य र राजन पुरी रहेको प्रहरीले जनाएको छ । अग्रवाल र आचार्य भरतपुरको प्रगति पोलि क्लिनिकबाट र पुरीलाई गोरखाको पालुङटारमा स्वास्थ्य शिविर गर्दै गरेको अबस्थामा टोलीले पक्राउ गरेको हो ।
यहाँको खैरहनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख रहेका आचार्य एक महिना अघि  ९ औं तहमा बढुवा भई मन्त्रालय सरुवा भएको जनस्वास्थ्य जनाएको छ । उनी स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत थिए भने अग्रवाल कलेज अफ मेडिलक साइन्सेसमा छाला रोग विशेष रुपमा कार्यरत थिईन ।
उनीहरुलाई पक्रन ब्यूरोको टोलीलाई जिल्ला प्रहरीले सहयोग गरेको थियो । पक्राउ विरोधमा नेपाला चिकित्सक संघका केन्द्रीय अध्यक्ष अन्जनीकुमार झाले चिकित्सक पक्राउको घट्नालाई आतककारीको शैली भएको आरोप लगाएका छन् । ‘गल्ती गर्नेलाई कारबाही गर्नु पर्छ’ उनले भने, ‘प्रहरीले गरेको पक्राउको शैली आतककारी जस्तै भयो ।’ संघले शनिबार बैठक राखी पक्राउको विरोधको निर्णय लिने जनाएको छ ।   
                                   
त्यस्तै वीरगन्जमा पक्राउ परेकाहरुमा रौतहट तेजापाकड घर भई हाल नेशनल मेडिकल कलेज वीरगन्जमा कार्यरत चिकित्सक मोहम्मद रैफुल्लाह (नेपाल मेडिकल काउन्सिल दर्ता नं २५१७), पर्सा बगही ९ घर भई नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सक कुशराज गिरी (नेमका दर्ता नं ३११६), कलैया ४ घर भई हाल नेशनल मेडिकल कलेजमा कार्यरत चिकित्सक रामकुमार प्रधान (नेमका दर्ता नं ४०१४), रौतहट सखुअवा ३ घर भई हाल नेशनल मेडिकल कलेजमा कार्यरत चिकित्सक निमेशपाल राम (नेमका दर्ता नं ११४६३), वीरगन्ज २ घर भई नेशनल मेडिकल कलेजमा कार्यरत चिकित्सक इश्रादुल (नेमेका दर्ता नं १५४९७) छन् ।
पक्राउ पर्ने अन्यमा रौतहट तेजापाकड घर भई नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सक सरोज सिंह (नेमका दर्ता नं ६९९१), वीरगन्ज १ छपकैया घर भई यहा निजि क्लिनिक सञ्चालन गरेका चिकित्सक दिनेशकुमार साह(नेमका दर्ता न ४९५७), पर्सा भवानीपुर ४ घर भएका नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सक पन्नालाल पटेल (नेमेका दर्ता नं ५३९५) र राजधानीस्थित नर्भिक अस्पतालमा कार्यरत रही महिनामा एक दिन वीरगन्जस्थित क्लिनिकमा आउने गरेका चिकित्सक अरुणकुमार गुप्ता (नेमका दर्ता नं २७५७)रहेका छन् ।
बिहान करिव १० बजे देखि सिआइबी टोलीले उनीहरुलाई अस्पताल तथा निजी क्लिनिहरुबाटै पक्राउ गरेको थियो । टोलीले पक्राउ गर्नका कारण कसैलाई बताएको छैन् । श्रोतका अनसार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोगको आशंकामा उनीहरुलाई पक्राउ गरीएको हो । उनीहरुलाई दिउँसो ३ बजे चितवन हुँदै टोलीले बसमा राखी राजधानी लगेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले सिआईबी टोलीले चिकित्सक पक्राउको कारण बारे आफूलाई जानकारी नभएको बताए । ‘मलाई पनि केही जानकारी दिएको छैन,’ उनले भने, ‘ब्युरोले पक्राउ परेका चिकित्सकहरुलाई केन्द्रमै लगेर सबै जानकारी गराउने छ ।’
प्रहरीले बिना कारण चिकिसत्कहरुलाई पक्राउ गरेको भन्दै यहाका चिकित्सकहरुले दिउँसो केही बेर जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी बिरुद्ध नाराबाजी गरेका थिए । अधिकांश चिकित्सकले प्रहरी कारबाहीको बिरोधमा काम ठप्प पारेकाछन् । उनीहरुले क्लिनिक समेत बन्द गरेकाछन् ।
नेपाल चिकित्सक संघ नारायणीको आकस्मिक बैठक जारी रहेको छ । संघका सचिव चिकित्सक राजदेव कुशवाहले पक्राउ प्रकरणमा संघले कस्तो विरोधका कार्यक्रम गर्ने भनि बैठकबाटै निर्णय गरिने बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.