Websoft University

ईलाममा चट्याङ लागेर एकको मृत्यु

ईलाम, जेष्ठ ३१ गते। ईलामको चिसापानीमा आइतबार राती चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चिसापानी गाविस ५ बस्ने २२ बर्षिय बुद्ध राईको आइतबार राती १० बजेतिर आफ्नै घरमा मोबाइल चार्ज गर्नेक्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चिसापानीले जनाएको छ। घटनाको जानकारी आज बिहान प्रहरी चौकी चिसापानीमा प्राप्त हुनासाथ सो कार्यालयबाट खटिई गएको प्रहरी टोलीबाट आवश्यक कानूनी प्रकृया पुरा गरिएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.