Websoft University

लागुऔषध सहित पक्राउ

बिराटनगर , जेष्ठ ३० गते। मोरङको बिराटनगर १४ स्थित एसलाल एण्ड सन्स पेट्रोल पम्प नजिकबाट शनिबार प्रहरीले लागुऔषध सहित एकयुवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर काँडाघारी ५ बस्ने १८ बर्षिय महेन्द्र तामाङ रहेका छन्। शनिबार दिउँसो ४ बजे उक्त स्थानमा हिड्दै गरेका तामाङलाई प्रहरीले शंका लागेर चेक जाँच गर्दा उनको साथबाट लागुऔषध डाईजेपाम-३५ एम्पुल, लुलपिजेसीक-३५ एम्पुल, फेनारगन-३४ एम्पुल बरामद भएको थियो। तामाङलाई आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
यसैगरी, मोरङको बिराटनगर १० हाटखोला बसपार्कमा खटीएका प्रहरी टोलीले शनिबार लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर होमताङ २ बस्ने ७० बर्षिय जय बहादुर राई रहेका छन्। शनिबार दिउँसो ४ बजेतिर राईलाई शंका लागेर चेक जाँच गर्दा उनको साथबाट अन्दाजी दुई किलो गाँजा बरामद भएको हो। राइलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.