Websoft University
Latest Post


 बिराटनगर भाद्र १ गते ।आज बिराटनगरमा ३ बजेदेखि रथयात्रा प्रारम्भ हुनेछ | रथ प्रयाण पश्चात: रथको विश्राम स्थल निम्न रहेका छन् | 

रथ यात्राको रूट तलछ । 

राधाकृष्ण मन्दिर गेट अगाडि, धनेश्वर निवास अगाडि, विराटेश्वर महादेव मन्दिर, गोलीघर चौक,सत्यनारायण मन्दिर जैन भवन अगाडि, जलजला मोड, बाटा गल्ली चौक, पंचमुखी हनुमान मन्दिर, कर कार्यालय, संसारि माईस्थान अगाडि, भूमि प्रशासन चौक, कलेज मोड, महेन्द्र चौक, सरगमिया चौक, शान्तिनगर चौक,  शिव मन्दिर चौक, भट्टी चौक,विराट नर्सिङ होम चौक, वरगाछी चौक, शंकरपुर जाने बाटो मोड,पानिटंकीको चौक, तीनपैनी चौक, शंकरपुर जाने मोड, महानगरपालिकाको चौक, वडा प्रहरी कार्यालय,  सातगच्छी मोड, मुक्तिनाथ विकास बैंक अगाडि,  काली मन्दिर , मयुरी छापाखाना अगाडि,  राष्ट्रिय वाणिज्य बैंक, ट्राफिक चौक, एवरेष्ट जानें मोड, रोडशेष चौक,  बस पार्क , एन.आई.डि.सी भवन, महावीर रोड चौक, माटेगौडा अगाडि, सत्यनारायण मा.वि.विद्युत प्राधिकरण, मिलनचोक चौक, बासुकीनाथ मन्दिर मोड ,दुर्गा चौक,राधाकृष्ण मन्दिरपुग्नेछ ।



काठमाडौँ साउन ३० गते | खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको

खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।

आज खानेपानी मन्त्रालयमा मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरी फर्किनु भएका भारत सरकारका विज्ञ टोलीसँग महत्वपूर्ण छलफल आयोजना गरिएको थियो ।

उक्त टोलीले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको अवस्था तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि तयार पारिरहेको प्रतिवेदनबारे विस्तृत जानकारी गराउनु भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “उक्त टोली यहीँ साउन २७ गतेदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी फर्किएको छ । टोलीले प्रतिवेदन तयार गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।”

उक्त विज्ञ टोलीसँग आज पनि मधेश प्रदेशको खानेपानी सङ्कट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएको तथा उक्त छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको रायको आधारमा नेपाल सरकार तथा खानेपानी मन्त्रालयले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको यस सङ्कटको समयमा प्रदान गरिएको सहयोगका लागि भारत सरकारप्रति पनि विशेष आभार सहित विज्ञ टोलीको यस महत्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ ।” 

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको आसन्न भारत भ्रमणको क्रममा तराई–मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने हाम्रो दृढ अपेक्षा रहेको कुरा आफुले भारतीय विज्ञ पक्षसँग पुन: जोड दिएको समेत मन्त्री यादवले जानकारी दिनुभयो ।

यसैगरी मन्त्री यादवले केही महिना अघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग हस्ताक्षर भएको समझदारीपत्र (एमओयु) को प्रतिफल स्वरूप सम्भव भएको यो सहकार्यले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । 

छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि तथा देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राइले तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर आफुहरुले स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना सहितको प्रतिवेदन तयार गरीरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो टोली तराई–मधेसका सङ्कट ग्रस्त क्षेत्रमा पुगेर फर्किएको छ । खानेपानी समस्या र समाधानका विषयमा हामी प्रतिवेदन तयार गर्दैछौँ ।” 

आजको उक्त भारतीय विज्ञ टोलीसँगको बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, ई कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक उपमहानिर्देशक नारायणप्रसाद आचार्य लगायत सहभागी रहनु भएको थियो ।

त्यसैगरी भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनउ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागीता रहेको थियो ।


विराटनर साउन ३०  गते |  प्रेस चौतारी नेपाल विराटनगर महानगर समिति गठन गरिएको छ । विराटनगरमा शुक्रबार सम्पन्न भेलाले निशान्त ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय प्रेस चौतारी विराटनगर महानगर समिति गठन गरेको हो । 

नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना कार्की रहेका छन् । सदस्यहरूमा सुजाता राई, राम खत्री र काजल देव रहेका छन् । 

प्रेस चौतारी नेपाल मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षता तथा प्रेस चौतारी नेपाल केन्द्रिय सचिव (प्रचार तथा प्रशिक्षण) विक्रम लुईटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  एसईई परीक्षामा ४.० जिपीए प्राप्त गर्ने प्रेस चौतारी कोशी प्रदेश समिति सदस्य श्यामसुन्दर सुतिहारका छोरा श्रेय शर्मालाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा बोल्दै सचिव लुईँटेलले मेहनत गर्ने व्यक्तिहरुलाई पत्रकारितामा पेशामा पनि अवसर रहेको बताए । उनले पत्रकारिता पेशाबाट राम्रो गर्नेहरु धेरै रहेको बताउँदै खोजमूलक समाचारमा ध्यान दिनुपर्नेमा जोड दिए । 

‘पत्रकारिता पेशामा जाँगर चलाउने, खोज्न सक्ने तथा विषयवस्तु बुझने र लेखन क्षमता राम्रो भएकाहरु पेशामा टिक्छन्’, उनले भने, टिक्नको लागि लेखन क्षमता बढाउँदै प्रमाणमा आधारित भएर समाचार लेख्न सक्नुपर्छ ।’

कार्यक्रममा प्रेस चौतारी कोशी अध्यक्ष सुमन पुरी, एमाले मोरङ उपसचिव तथा प्रचार विभाग प्रमुख सन्तोष बान्तवा, एमाले महानगर कमिटी सचिव विज्ञान शर्मा लगायतको उपस्थिति थियो । 

यसैबीच, शुक्रबार नै बसेको प्रेस चौतारी मोरङको बैठकले २० जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । यससँगै मोरङको सदस्य संख्या १११ पुगेको अध्यक्ष छ ।  कार्य समिति बैठकले आगामी भदौ ३ गते विराटनगरमा तीज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.