Websoft University
Latest Post


विराटनगर बैशाख ३० गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको ‘प्रिफेक्ट’ पदमा माध्यमिक तहमा कक्षा १० का अनिरुद्ध सेढाईं र आधारभूत तहमा शिवम् पघैया निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार माध्यामिक तहमा १६७ मतका साथ सेढाई निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम् प्रतिष्पर्धि कक्षा ९ का चुणामणी भट्टले ९९ मत प्राप्त गर्नुभयो । उक्त पदमा चार जनाको उम्मेदवारी थियो । कक्षा १० का समिप खनाल र कक्षा १० कै जेसिस गेलाल समेतउम्मेदवार हुनुहुन्थ्यो । उहाँहरुले क्रमश ७० र ११ मत प्राप्त गर्नुभयो । यस्तै माध्यामिक  तहको डेपुटी प्रिफेक्टमा कक्षा १० की मनस्वी कोइराला १७९ मतले विजयी हुँदा उहाँकी निकटतम् प्रतिष्पर्धी कक्षा १० कै चारुना रौनियारले ७० मत प्राप्त गर्नुभयो ।


यस्तै अन्य प्रतिष्पर्धि कक्षा १० की अन्मेशा श्रेष्ठले ७० र कक्षा ९ की एकता कुशवाहले १४ मत प्राप्त गर्नुभयो । दुवै पदका लागि चार–चार जनाको उम्मेदवारी परेको थियो । माध्यमिक तहमा ४०० जना मतदाता रहेकोमा ३५५ जनाले मतदान गरेका थिए । जसमध्ये ९ जनाको मतपत्र बदर भएको थियो भने ५ जनाले मतपत्रमा भोट नलगाएको प्रमुख निर्वाचन आयुक्त रहनुभएका भाईस प्रिन्सिपल टीएन भण्डारीले बताउनुभयो । 

यस्तै प्राथमिक तहको प्रिफेक्टमा कक्षा ८ का शिवम् पघैयाले ३५२  मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिष्पर्धि कक्षा–७ का क्रियंश लाभले ६२ मत र कक्षा ७ कै मयङ्क झाले ५० मत ल्याउनुभयो । आधारभूत तहकै डेपुटी प्रिफेक्टमा भने कक्षा ८ की सृष्टि रिजाल निर्विरोध निर्वाचित हुनुभएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा ढङ्गोलले बताउनुभयो ।

 आधारभूत तहमा भने कक्षा ६ देखि ८ का विद्यार्थीले मात्र मतदान गरेका थिए । ति कक्षाबाट मात्र ३५५ मत खसेको थियो । जसमा ९ मत बदर हुँदा ५ जनाले मतपत्रमा भोट नगरेको आधारभूत तहका प्रमुख निर्वाचन आयुक्त कुन्दन पुरीले बताउनुभयो । 
   
एभरेष्टले विद्यार्थीहरुलाई लोकतान्त्रिक पद्दत्ति कस्तो हुन्छ भन्ने सिकाउँदै यहाँका जनप्रतिनिति चयन र उनीहरुको उत्तरदायित्व बोध गराउन मतदान प्रकृया अवलम्बन गरिएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । यस्तै नव निर्वाचित प्रिफेक्ट सेढाईंले यो निर्वाचन प्रकृयाले आफूहरुलाई धैरै ज्ञान दिएको र नेतृत्व विकास समेत गराएको बताउनुभयो । यस्तै अर्की डेपुटी प्रिफेक्टकी उम्मेदवार अन्मेशाले समेत नेतृत्व विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।


बिराटनगर बैशाख ३० गते । जेष्ठ सदस्य भक्त बहादुर भन्डारीको अध्यक्षता  केन्द्रिय उपाध्यक्ष एवं बाग्मती र मधेश प्रदेश इन्चार्ज र सङ्गठन बिभाग प्रमुखको प्रमुख आतिथ्यतामा रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूको भेला गोठको धुप मोरङको होक्लाबारीमा बैशाख २९ गते सम्पन्न भएको छ |

कार्यक्रममा अतिथिहरु केन्द्रिय सदस्य देवी बहादुर भण्डारी र भक्तपुर जिल्ला अध्यक्ष परीन्द्र भण्डारी र समाजका बुद्धिजीवी सुर्य बहादुर भण्डारी समेतको उपस्थिति रहेको थियो। कार्यक्रमको सन्चालन रबिन भण्डारीले गर्नु भएको थियो |

सो भेलाले देबेन्द्र भण्डारीको अध्यक्षतामा१३ सदस्यीय कार्यसमिती समेत चयन गरेको छ र टेक बहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिती समेत गठन भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं सङ्गठन बिभाग प्रमुख केन्द्रिय उपाध्यक्ष कुमार भण्डारीले यो सबै स्वदेश तथा बिदेशमा रहनु भएका सबै रघुवंशी कौशिक गोत्रीय दाजुभाइहरुको साझा सस्था हो।यस्को  स्थापना २०६५ असोज ३ गते भएको समेत जानकारी दिदै २०६५ साल देखि अहिले सम्म यो भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय ) ले देसको ५६ जिल्लाका दाजुभाइहरुलाइ समेटिसकेको जानकारी दिनु भयो |

पहिलो बङ्शावली समेत निकालि सकिएको र अब सबै छुटेका दाजुभाइ रघुवंशी कौशिक गोत्रीय,हरुलाइ समेटेर दोश्रो बङ्शावली समेत निकाल्न लागेको हुदा देशैभरी सङ्गठन मार्फत जोडेर एक घर एक जना पनि नछुटने गरि बङ्शावली समेत निकाल्ने अभियानमा लागेको समेत जानकारी दिनु भयो। 

यो सस्थाले दाजुभाइको स्वास्थ्य शिक्षाको क्षेत्रलाइ पहिलो प्राथमिकता दिएर काम गरिरहेको,हालसम्म ५ वटा अस्पतालमा सम्झौता गरिसकेको  र  विभिन्न शिर्षकमा ५०% देखि१५% सम्म उपचारमा छुटको समेत ब्यबस्था गरेको जानकारी दिनु भयो।

हामिले हाम्रो धर्म, सस्कृती , परम्परालाइ कायम राख्दै दाजुभाइ बिच  भाइचारा सम्बन्ध स्थापना गर्दै अगाडी बढन समेत आग्रह गर्नु भयो ।यसैगरी सो कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य देवी बहादुर भण्डारीले हामी सबै दाजुभाइ  एक भएर अगाडी बढनका लागि आवाहन समेत गर्नु भएको थियो।

अन्त्यमा मोरङ्ग जिल्लाबाट नव निर्वाचित सबै दाजुभाइलाइ प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष एवं सङ्गठन बिभाग प्रमुख कुमार भण्डारीले सफल कार्यकालको हार्दिक शुभकामना दिदै कार्यक्रम समापन गरिएको थियो।

 


विराटनगर २९ वैशाख । खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताउनुभयो । उहाँले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्नेआवश्यकतारहेको औल्याउनुभयो ।प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताउनुभयो । उहाँले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाउनुभयो । ‘अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’ उहाँले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेको टिप्पणी गर्नुभयो । रिजालले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयोे, ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु पनि आवश्यक छ । १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ ।’ कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन केन्द्रीय उपमहासचिव अभयकुमार राई, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, खवर पूर्वाञ्चल अनलाईनका सम्पादक डा. डिल्ली पोखरेल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम खवर पूर्वाञ्चल मिडिया प्रालिका अध्यक्ष पुष्पराज थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.