Websoft University
Latest Post


बिरानगर, माघ ११ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा अर्धवार्षिक कार्य सम्पादन प्रगति विवरणको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ ।

माघ ११ गते कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा भर्चुवल माध्यमद्वारा भएको प्रगति विवरण समिक्षा कार्यक्रममा प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्यहरुको विश्लेषणात्मक समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, भन्सार छली नियन्त्रण, सवारी दुर्घटना न्युनिकरणमा विशेष पहल, सम्वेदनशिल इलाकाहरुमा थप सिसि क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन लगायतका बिषयहरुमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरुबाट गरिएका कार्यहरुको समिक्षा गरिएको थियो ।

प्रदेश प्रहरी प्रमुख अधिकारीले भर्चुअल माध्यमद्वारा समिक्षा कार्यक्रममा उपस्थित कार्यालय प्रमुखहरुलाई कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरुमा गम्भिरतापूर्वक लागि पर्न तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरिकको सेवामा २४ सै घण्टा तल्लिन रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक विनोद कुमार सुनुवारले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोल लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 


बिर्तामोड माघ११ गते । बिर्तामोड नगरपालिका वडा नं. १० को पहिचानका रुपमा रहेको सैनिक महोत्सव लगाउनेबारे आज पहिलो चरणको छलफल सम्पन्न भएको छ ।

व्यवस्थित रुपमा मेला सञ्चालनका लागि सन्देश गुरुङको अध्यक्षतामा १३ सदस्यीय  संयोजकत्वमा मेला आयोजक मुल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा छविराम आचार्य, सचिवमा खसबराज भट्टराई, सहसचिवमा लछी देवान र कोषाध्यक्षमा गायत्रा श्रेष्ठलाई चयन गरिएको छ।
 
वडा कार्यालयको सभाहलमा आयोजित वडा नं १० का टोलसमितिका पदाधिकारी तथा प्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, सामुदायिक तथा निजी विद्यालयका प्रधानअध्यापक, शिक्षक तथा अभिभावकहरु, वडाका पूर्व जनप्रतिनिधि स्थानीयअग्रजहरुको भेलाले मूल समिति गठन गरेको हो । 

समितिको सदस्यहरुमा भोलानाथ पाण्डे, खड्कबहादुर गुरुङ, देवमान लोक्ताम, दिमानप्रसाद राई, देवीकुमारी लिम्बू, सावित्रा राजवंशी, तारा आपागाँई र देवेन्द्र दर्नाल रहेका छन् । २०८१ फागुन ७ गतेदेखि महोत्सव शुरु हुने बताइएको छ । 

बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको भेलालाई वडा सदस्य पृथ्वीबहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो भने स्वागत दिपीका शिवाले गर्नुभएको   थियो । मेला आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै वडाध्यक्ष गुरुङले मेलालाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

पहिचानका रुपमा रहेको महोत्सवका बारेमा फैलाइएको केही भ्रमपूर्ण कुराहरुलाई अघिल्ला दुई महोत्सवले चिरेको भएपनि मर्यादित र व्यवस्थित रुपमा मेला सञ्चालनका लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।
 
बिर्तामोड नगरपालिका १० नं. वडाको पहिचानका रुपमा रहेको सैनिक महोेत्सवलाई वडाले अपनत्व ग्रहण गर्दै २०७५ सालमा पहिलो पटक वडा समितिको निगरानीमा महोत्सव सञ्चालन भएको थियो । 
त्यस अघिदेखि नै महोत्सव सञ्चालन हुदै आएको अवस्थामा वडा समितिको निर्णयपछि व्यवस्थित रुपमा मेला सञ्चालन हुँदै आएको बताइएको छ । 

वडा समितिको निर्णयपछि २०७५ सालमा मेला लागेपनि त्यसपछि विश्वब्यापी रुपमा प्रभावित पार्ने गरी फैलिएको कोभिड संक्रमणका कारण मेला सञ्चालन हुन सकेको थिएन् । कोभिडपछि एकपटक सञ्चालन भएको सैनिक महोत्सवको यो तेस्रो श्रृङ्खला हो । 




बिराटनगर २०८१ माघ १० गते | यत्र तत्र छरिएर रहेका  लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न आठौ चरणको विराट एक्स्पोले माघ ११ गतेदेखि यहाँको डिग्री क्याम्पसको मैदानमा १० दिन सम्म विराट बजार बिटुवि प्लेटफर्मको व्यवस्था गरेको   छ ।

 यो प्लेटफर्ममा लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योग देखि ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउने देखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।

 यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफर्म तयार गरिएको संगठनको दावी छ ।

त्यसैगरी यही प्लेटफर्म मार्फत बजार प्रवर्धनकैलागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था गरिने छ ।

 

 

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.