Websoft University
Latest Post


विराटनगर मसिर २८ गते | विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

विराटनगरस्थित शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरस्तरीय प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित पोखरिया माविको समन्वयमा भएको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उल्लेख गर्नुभयो । मेयर कोइरालाले भन्नुभयो, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडी उत्पादन गर्ने एउटा कारखाना पनि हो । यहींबाट छनौट भएर भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलाडी उत्पादन हुन्छन् ।

’ उहाँले प्रतियोगिताले विद्यार्थी–विद्यार्थीबीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्दै सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने दाबी गर्नुभयो । कोइरालाले खेलकुदले मानिसलाई स्वस्थजीवनयापनसँगैअनुशासित बनाउने धारणा राख्नुभयो । उहाँले आर्थिक र आणविक रुपमा जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि खेलकुदका माध्यबाट परास्त गर्न सकिने दाबी गर्नुभयो ।

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, १० का अर्जुन गिरीलगायतको उपस्थितिमा भएको कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विद्यालयदेखि नै खेलकुदमा अभिरुची बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

प्रतियोगिताले प्रतिस्पर्धी भावनाको विकाससँगै विद्यार्थीलाई अनुशासित बनाउने विचार प्रकट गर्नुभयो । पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले पोखरिया माविलाई प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा महानगरलाई धन्यवाद दिनुभयो । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् ।


बिराटनगर २०८१ मंसिर २६ गते | उद्योग संगठन मोरङ  पूर्वाञ्चल विश्वविद्यालय वीच व्यवसाय सम्वर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम संचालन गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा संगठनका तर्फबाट स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

संगठनले विगत ३ वर्ष देखि संचालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यबाट युवाहरुलाई उद्यमशिलता रुपान्तरण र ईको सिस्टम विकास गर्ने सन्दर्भमा संघिय सरकारले उक्त कार्यक्रमलाई पहिचान गरि कार्यक्रमलाई थप वढावा दिन सरकारले यस आर्थिक वर्षको बजेटमा ७ प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम संचालन गर्न वजेट विनियोजन गरेको छ ।

हस्ताक्ष्ँर कार्यक्रममा कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसंग सहकार्य गरी व्यवसाय सम्वद्र्धन केन्द्र संचालन गर्नु नीजि क्ष्ँेत्रका लागि गौरवको विषय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले वताए । उनले उद्यमशिलता विकासका सन्दर्भमा नीजि क्ष्ँेत्रको प्रयासलाई संघिय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफुहरुलाई उत्साहित वनाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

संगठन र विश्वविद्यालय वीच भएको सम्झौता अनुरुप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धती अनुसार नीजि क्ष्ँेत्र, शैक्ष्ँिक क्ष्ँेत्र र स्थानीय सरकारको सहकार्यमा र संघिय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वद्र्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठीले वताए । उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिका सहकार्यमा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई थप संस्थागत गरिदै लगिने स्पष्ट पारे ।

 पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवाहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सम्वद्र्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरि थप प्रभावकारी वनाउने धारणा राखे ।

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव छविन्द्र पराजुलीज्यूले नेपाल सरकारले युवा उद्यमशिलता प्रवर्धन गर्न सातै प्रदेशमा व्यवसाय सम्वर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको, उक्त कार्यक्रम कार्यान्वयनका लागि उद्योग संगठन मोरङमा सञ्चालित स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई नै थप व्यवस्थित गरि अघि बढाउन लागेको वताए ।

 विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन सन्देशदाश श्रेष्ठले कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्वन्धन प्राप्त कलेजबाट ३० वटा आईडिया एक आईडियामा ३ जना रहने गरी ९० जना विद्यार्थीहरुलाई छनौट गर्ने र दोश्रो चरणमा ९० जना वाट ३० जना छनौट गरि ७ महिना सम्म सम्वद्र्धन केन्द्रको माध्यमबाट स्टार्टअप इको सिस्टमका सेवाहरु उपलब्ध गराइने वताए ।

कार्यक्रममा संगठनका उपाध्यक्ष्ँ विपिन राठी, विश्वविद्यालयको डेपुटी डिन सोनिला शाक्यका साथै विभिन्न क्याम्पसका प्रमुखरुको उपस्थिती रहेको थियो ।


विराटनगर  मसिर २५, रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित इको पार्कमा मेला आयोजना गर्न लागेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलगायतको उपस्थितिमा मंगलबार महानगरले निजी क्षेत्र छलफल र सरोजगारवालाहरुसित छलफल गरेको छ । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, तालिम प्रदायक महासंघ, होटल व्यवसायी संघलगायतका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको थियो । सहभागीहरुले मेला सफल बनाउन सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । मेलामा ३० वटा स्टल रहने महानगरको रोजगार शाखाका कर्मचारी कपिल थापाले जानकारी दिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.