Websoft University
Latest Post


बिराटनगर असोज
 
८ गते | जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको टोलीले जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं. १४ स्थित नेपाल टेलिकम अगाडी भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०२-००२ ख ०४१६ नं. र सोही तर्फबाट आउदै गरेको ना ४ ख ८८४७ नं. को ट्रक हरूमा सामानहरूको बिल बिजक भन्दा बढी भएको साथै कम मुल्याङकन गरी HOUSEHOLD GOODS, KITCHEN & AGRICULTURAL SPRAYलगायतका अन्दाजी रू.१,३५,००,०००।     (अक्षेरूपी: एक करोड पैतिस लाख रुपैया) बराबरको सामानहरू सहित उक्त ट्रकहरू समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा  बुझाईएको छ ।


विराटनगर असोज ७ गते | विराटनगर–७ हाटखोला स्थित अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) विराटनगरको अध्यक्षमा श्रीमती शोभा पोखरेल चयन भएकी छन् । सोमबार सीबीआर सम्वद्ध संस्था तथा प्रतिनिधिहरुको भेलाले पोखरेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।  गठित समितिको उपाध्यक्षमा डा संझना प्रधान, कोषाध्यक्ष डीएल चौधरी,  निवर्तमान अध्यक्ष कनुलाल चौधरी छन् । 

समितिको सदस्य सचिवमा नवीन दाहाल, सदस्यहरुमा धर्मराज भट्टराई, घमचन्द्र नेपाल, सरिता रेग्मी, डिल्लीराम भण्डारी, आकृति रानी फुयाल, कुमारप्रसाद धमला छन् । 

सो भेलाले तीन सदस्यीय निर्देशक समिति पनि गठन गरेको छ । निर्देशक समितिमा डा भेषप्रसाद धमला, कविराज न्यौपाने र पद्मा रिजाल छन् ।  

२०४६ फागुनमा स्थापित एवम् कोशी प्रदेशलाई लक्षित गरी काम गरिहेको सीबीआरले आव २०८०–८१ मा ७४ पालिकामा सेवा पु¥याएको थियो ।  सीबीआरको भर्खैरै गरेको साधारणसभामा कोषाध्यक्ष डीएल चौधरीले गरेको आर्थिक प्रतिवेदनमा आब २०८०–८१ को आयव्यय एक करोड ३९ लाख रुपैया“को विवरण प्रस्तुत गरेका थिए । 


काठमाडौं  असोज ७ गते | फिल्म निर्माता तथा नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रनिङ ट्रफी प्रदान गरेका छन् । आइतबार इटहरीको बेलबारीमा आयोजित एक बिशेष समारोहबिच उनले  गोल्डकपका लागि रनिङ ट्रफी आफैले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् । एल एक्स सिटी फुटबल क्लब अध्यक्ष बीक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले ट्रफि बुझेका थिए । 

निर्माता राईले उक्त ट्रफी आफ्ना स्व. बुवा मेजर एन.बि. रुङमाहाङ राईको स्मृति निर्माण गरिएको हो । ट्रफि निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानू राईले साथ दिएका छन् ।

कार्यक्रममा राईले ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । ‘खेलाडीहरुको हौसलाका लागि मैले ट्रफि बनाएको हो’, राइले भने ‘आगामी दिनमा पनि जे सक्छु खेलाडीको हौसलाका लागि सहयोग गर्छु ।’ उनले २०४८÷०४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे । 

निर्माता राईबाट प्राप्त ट्रफी तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनूरूपको रकम प्रदान गर्ने आयोजकले जनाएको छ । 

कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइ र निर्माता राईको हातबाट अनावरण समत भयो । 

‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी नगरुपालिका – ११ लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हुदैछ । प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्दैछ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीहरूलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.