Websoft University
Latest Post


विराटनगर । विराटनगर ८ मा आवस्थित ग्रेडेड स्कुलले  सरस्वती पुजाको दिन  विद्यार्थीहरुको कक्षा  प्लेए ग्रुपमा अक्षर आरम्भ गर्दै विद्यालयमा भर्ना गरेको छ।
 

सरस्वती पुजाको अवसरमा विद्यार्थीहरुलार्इ नि शुल्क भर्ना गरेको विद्यालयका प्रिनिसपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । विद्यालयले सरस्वती पुजाको अवसरमा विद्याकी देवि, श्वेत हसिनी सरस्वती माताको पुजासंगै मनोरन्जनात्मक कार्यक्र पनि गरेको थियो । ग्रेडेड स्कुलमा सरस्वती पुजाको आवसरमा अक्षर आरम्भ भएको थियो 


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

मोरङ बूढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित बैठक कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले सीमा सुरक्षा, लागूऔषध ओसारपसारमा नियन्त्रण, दैवी तथा प्राकृतिक प्रकोपका समयमा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताउनुभयो । “राजस्व चुहावट, लागूऔषधको ओसारपसार नियन्त्रण, प्राकृतिक प्रकोपका समयमा उद्धारलगायतमा सशस्त्र प्रहरीको अग्रणी भूमिका रहेको छ,” मेयर कोइरालाले भन्नुभयो, “आगामी दिनमा स्थानीय तहसित सशस्त्र प्रहरीको समन्वय र सहकार्य अझै प्रभावकारी हुने विश्वास लिएको छु ।”  

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले प्राकृतिक प्रकोपका समयमा सशस्त्र प्रहरीले उद्धार र राहत वितरणमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको चर्चा गर्नुभयो । कार्यक्रममा गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरुको सहयोगमा छोटो समयमै बैठक कक्षको निर्माण सम्पन्न गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बानिी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताउनुभयो । 

कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, नेपाली सेना भैरव गण थलाहाका प्रमुख सुनिल घिमिरे, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका प्रमुख तिलक शर्मा प्रसाईंलगायतको उपस्थिति रहेको थियो । गत मंसिर २९ गते शिलान्यास भएको बैठक कक्ष ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी हेमकुमार पौडेलले जानकारी दिनभुयो ।


उदयपुर । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकालाई गत माघ १५ गतेबाटै निःशुल्क उपचारको प्रबन्ध गरिसकेको छ । प्रदेश सरकारले उपचारका लागि पहिलो सम्पर्क अस्पताललाई प्रदेश मातहतका सबै अस्पतालका साथै, कोशी अस्पताल विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्थानीय तह मातहतका सबै अस्पताललाई तोकेको छ ।

बालबालिकालाई निःशुल्क उपचार गराउन पहिलो सम्पर्क अस्पतालमा जानुपर्दछ, त्यहाँबाट प्रेषण गर्नू परेमा प्रदेश सरकारले तोकेका अस्पतालमा लैजान सकिन्छ । यही सेवाको अनुगमनका लागि कोशीका मुख्यमन्त्री केदार कार्की मङ्गलवार जिल्ला अस्पताल उदयपुर पुगे । बच्चाका वार्डमा पुग्दा आफूले बाहिरबाटै औषधि ल्याउने गरेको र निःशुल्क उपचारका बारेमा आफूलाई जानकारी नभएको सेवाग्राहीको गुनासो सुने ।

छड्के अनुगमनमा पुगेका मुख्यमन्त्री कार्कीले अस्पतालको सरसफाइ लगायत विभिन्न वार्डहरूको अनुगमनमा सन्तोषजनक अवस्था नदेखिएपछि अस्पताललाई तुरुन्त व्यवस्थित गरी सरकारले कार्यान्वयनमा ल्याएका योजनाहरू तुरुन्त लागु गर्न निर्देशन दिएका छन् । ‘सरकारका योजना कार्यान्वयनमा नल्याउने अस्पतालहरूलाई हामी कारबाही गछौं, उनले भने, कोशी प्रदेशको कोही पनि १० वर्ष भन्दा कमको बच्चा बिरामी भएमा उपचार सेवाबाट वञ्चित नहुन् ।’

जिल्ला अस्पताल उदयपुरका मेसु डा.ज्ञानेन्द्र झाले सरकारको योजना कार्यान्वयनका लागि आन्तरिक व्यवस्थापन गरिरहेको बताए ।‘हामी आन्तरिक तयारीमा छौँ, व्यवस्थापन भइरहेकाले केही दिनबाटै निःशुल्क उपचारको सेवा सुरु गछौं उनले मुख्यमन्त्रीलाई ब्रिफिङ गराउँदै भने ।’

मुख्यमन्त्री कार्कीले आउने सेवाग्राहीलाई सहज बनाउन अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । ‘सेवाग्राहीलाई हरेक कुरा थाहा नहुन सक्छ, तपाईँहरूले थाहा दिनुपर्दछ कोशी प्रदेशका हरेक नागरिकले तिरेको करको सदुपयोग हुनुपर्छ । प्रदेशका बालबालिकाले उपचार पाउनुपर्छ ।’

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.