Websoft University

राजस्व चुहावट र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण - मेयर कोइराला


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

मोरङ बूढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित बैठक कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले सीमा सुरक्षा, लागूऔषध ओसारपसारमा नियन्त्रण, दैवी तथा प्राकृतिक प्रकोपका समयमा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताउनुभयो । “राजस्व चुहावट, लागूऔषधको ओसारपसार नियन्त्रण, प्राकृतिक प्रकोपका समयमा उद्धारलगायतमा सशस्त्र प्रहरीको अग्रणी भूमिका रहेको छ,” मेयर कोइरालाले भन्नुभयो, “आगामी दिनमा स्थानीय तहसित सशस्त्र प्रहरीको समन्वय र सहकार्य अझै प्रभावकारी हुने विश्वास लिएको छु ।”  

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले प्राकृतिक प्रकोपका समयमा सशस्त्र प्रहरीले उद्धार र राहत वितरणमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको चर्चा गर्नुभयो । कार्यक्रममा गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरुको सहयोगमा छोटो समयमै बैठक कक्षको निर्माण सम्पन्न गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बानिी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताउनुभयो । 

कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, नेपाली सेना भैरव गण थलाहाका प्रमुख सुनिल घिमिरे, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका प्रमुख तिलक शर्मा प्रसाईंलगायतको उपस्थिति रहेको थियो । गत मंसिर २९ गते शिलान्यास भएको बैठक कक्ष ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी हेमकुमार पौडेलले जानकारी दिनभुयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.