Websoft University
Latest Post


काठमाडौं  ।  नेपाल आईडल फेम्ड गायक गायिकाद्वय किरण भुजेल र अश्मिता अधिकारीको आवाजमा  ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ।

 सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश बिस्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दिपेन्द्र खत्री ९ आरुष० तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको अभिनय देख्न सकिन्छ।

 रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुइकेलको शब्द डी।बि। लामाको संगीत, पुस्कर सुनुवारको एरेन्ज, दिपेश प्रधानको मास्टरिंगर मिक्सिंग, रहेको छ। चक्र बहादुर रिजालले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

 सियोन श्रेष्ठले निदेशन गरेको भिडियोमा कलाकारहरु अभिनय राम्रो देख्न सकिन्छ।


काठमाडौँ । मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ । सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफूभित्ररहेकोप्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए । 


कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिइन् । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायमा रहेका युवतीहरुको ब्यक्तित्व बिकाशमा ठुलो मद्धत गर्ने भन्दै प्रतियोगीहरुलाई शुभकामना दिइन् । साथै उनले यस्ता किसिमका प्रतियोगीता नियमित हुनुपर्नेमा जोड दिइन् । यस्तै बिशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीहरुलाई शुभकामना दिइन् ।


मिस मंगोल २०१२ की बिजेता सपना रोका मगरले सन्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरुको ब्यक्तित्व बिकाश गर्ने बताए । उनी भन्छन्, हामी पहिलो सिजनमा छौं, तर प्रतियोगीहरुको सहभागीता देख्दा निकै खुसी लागेको छ । मगर समुदायमा रहेका युवतीहरुले आफ्नो ब्यक्तित्व बिकाश गर्नेमा ढुक्क   छौं ।


निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए । उनले यहि जेठ २७ गते काठमाडौंको प्रज्ञाभवनमा फाइनल प्रतिस्पर्धा हुने जानकारी गराए । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फस्ट रनरअप रेनुका पुन मगर निर्णायक रहेका थिए ।


 श्याम राई, उदयपुर गाईघाट, जेष्ठ १६ गते | त्रियुगा नगरपालिकाले गणतन्त्र दिवशको अवसर पारेर मंगलबार फरक क्षमता भएकाहरुको लागि सहायक सामाग्रीहरु वितरण गरेको छ ।

नगरपरिसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेत र उप मेयर महेश्वरी राईले २० जना अपाङ्गता भएका व्यक्तिहरुलाए व्हिल चेयर वितरण गरेकाछन् । सहायक सामाग्री वाहेक हिंडडुल गर्न नसक्ने १३ देखि ६० वर्ष उमेरका उनीहरुलाई सहायक सामाग्री वितरण गरिएको प्रशासनका नायब सुब्बा भगवती खतिवडाले बताईन् ।

 त्रियुगा नगरपालिका भित्र ३ सय ४३ जना पूर्ण अपांङ्गता र ४ सय ५३ जना आंशिक अपांङ्गता भएका व्यक्तिहरु रहेका छन् । अरुलाई पनि बजेटको व्यबस्था गरेर क्रमिक रुपमा सहायक सामाग्री उपलब्ध गराउँदै लगिने मेयर बस्नेतले बताए ।

 

 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.