Websoft University
Latest Post


काठमाडौँ, १३ असार। रातो तारा डट कम,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमाडौंको थापागाउँ स्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सब २०७९’ सुरु भएको छ ।


सो उत्सबको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सबको सँयुक्त उद्घाटन गरे ।
दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सब कोरोना महामारीका कारण बल्ल आफुहरुले आयोजना गर्न सकेको उत्सब संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताईन् । आईतबारबाट सुरु भएको यो उत्सब सप्ताहव्यापी रुपमा आयोजना हुने उत्सब संयोजक शर्माले कार्यक्रममा जानकारी गराईन् ।
उत्सबको उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सबले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्धत पु¥याउने बताए ।
उत्सबको पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए ।
यो नाटकका मुख्य पात्रले आफु सपनामा स्वर्ग गएको रमाईलो कथा सुनाउँछन् । उनको कुरा सुनेपछि गाउँलेहरु मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरुले आफ्नो पुजा बिधी सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भातभुँग हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । नाटकलाई दर्शकले मन पराए ।
आईतबारबाट सुरु भएको यो उत्सब १८ असारसम्म जारी रहने छ । महोत्सबमा सोमबार थारु भाषाको कनन हरलता नाटक मञ्चन गरिने भएको छ । यस्तै मँगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहिबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ । आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सब गर्नुको उदेश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफुहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन छ ।


बिराटनगर । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ५ स्थित सडक किनारामा शंकास्पद रूपमा हिडिरहेका जिल्ला धनकुटा सागुरिगढी गाउँपालिका वडा नं .८ बस्ने बर्ष ३० को सुरेन्द्र राई, ऐ।ऐ। बस्ने बर्ष २९ को मिलन राई र ऐ।ऐ। बस्ने बर्ष २९ को बाला राईलाई जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलिया मोरङबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजहरूको साथमा रहेको जेब्रा झोलामा ८ केजी गाँजा बरामद गरी ३ जनालाई  नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भई रहेको  छ।



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,मौसम पुर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका धेरै ठाउँमा दिनभरजसो पानी झरी पर्ने सम्भावना रहेकोे जनाएको छ । प्रदेश–१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ भने राति र भोलि पनि पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन हिजो सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको  छ । आज र भोलि लगातारजसो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिमबाट बच्न सबैलाई आग्रह समेत गरेको छ ।  


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.