Websoft University
Latest Post


बिराटनगर भाद्र १२ गते । रातो तारा डट कम,गायक नरेश रेग्मीले नयाँ गीत “म सास बन्न पाए” सार्वजनिक गरेका छ । जहाँ मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् । जहाँ उनीहरुको क्यमेसट्री गज्ब्बको देखिएको छ । यी दुईको जोडी पहिलो पटक भिडियोमा देखिएको हो । गीतको म्युजिकलाई लिएर गाएक रेग्मी बिस्वस्त देखिन्छन् । उनि भन्छन । हाम्रो प्रयासलाई दर्शक स्रोताहरुले रुचाउनुहुनेछ भन्ने आश राखेको छु । हाल अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले नेपाल रहदा थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । मान्टिक शैलीको गीतमा शब्द संगीत भने बसन्त सापकोटाको सुन्न सकिन्छ । शिव बिकले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन,सुरेश काफ्लेको ड्रोन, पारु अधिकारीको ड्रेस समाबेस छ । गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो ।


 बिराटनगर भाद्र १२ गते । रातो तारा डट कम,धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षका एक जना पुरुष र मोरङको बेलबारी–५ का ५६ वर्षका एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

८३ वर्षका पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रेफर भएर धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित रहेको उनको अस्पतालमै डायलायसिस गरिएको डा सापकोटाले बताउनुभयो । 

उनमा भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै ५६ वर्षका महिला कोशी अञ्चल अस्पतालबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएको र उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । ती महिलामा भदौ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियोे ।


काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,कोरोनाका कारण एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ । कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये एक तिहाई भन्दा बढी बालबालिका दूर शिक्षाबाटसमेत बञ्चित रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ । महामारी अझै नियन्त्रणमा नआएकाले लामो समयदेखि शिक्षण प्रक्रिया नै अवरुद्ध हुँदा बालबालिकामा नकारात्मक असर पर्न सक्ने भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको हो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.