Websoft University

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु


 बिराटनगर भाद्र १२ गते । रातो तारा डट कम,धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षका एक जना पुरुष र मोरङको बेलबारी–५ का ५६ वर्षका एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

८३ वर्षका पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रेफर भएर धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित रहेको उनको अस्पतालमै डायलायसिस गरिएको डा सापकोटाले बताउनुभयो । 

उनमा भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै ५६ वर्षका महिला कोशी अञ्चल अस्पतालबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएको र उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । ती महिलामा भदौ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.