Websoft University
Latest Post



 काठमाण्डौ चैत १३  गते । रातो तारा डट कम,प्रेस काउन्सिलले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको हो । 

अनुगमनको क्रममा २०७६ चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे  स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम भएको छ भने २०७६ चैत ११ गते १ वटासँग स्पष्टिकरण मागिएको छ ।  

त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५  वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको छ । कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह गरिन्छ । 



बिराटनगर चैत १३ गते । रातो तारा डट कम,
प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरु, 
विश्वव्यापी महामारीको रुपमा फैलिएको जनशंहारकारी नोबेल कोरोना भाइरस कोभिड-१९, रोगको संक्रमणलाई फैलिन नदिन तथा रोगको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएका सूचना तथा सुरक्षाका लागि अपनाइएका उपायहरु, निर्देशनहरु एवम् आचारसंहिता हरुलाई पालनन गरी आफू बच्ने र अरुलाई बचाउने कार्यमा आम जनसमुदायलाई पूर्ण समर्थन तथा सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । हामी हरेक नागरिकले सामाजिक समदुरीलाई कायम गर्न सके संक्रमणको साइकललाई हामीले तोड्न सक्छौ“ । संक्रमणलाई रोक्न सके हामी सबैको जीवनको रक्षा हुन्छ ।

त्यसकारण हामीले अत्यन्तै धैर्य, संयमित तथा अनुशासनका साथ शाहासी भएर नोबेल कोरोना भाइरसस“ग लड्न सके हाम्रो जित सुनिश्चित छ। सामान्य लापरबाही र गल्तीले हामी साह्रै जटिल समस्यामा फस्न सकिने भएकाले हामीले समय मै विशेष ध्यान पु¥याउनु पर्छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अहोरात्र खटिरहनु भएका चिकित्सकहरु, नर्सहरु, प्राविधिकहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु, सम्पूर्ण तहका जनप्रतिनिधिहरु, निजामति कर्मचारीहरु तथा विभिन्न सामाजिक संघ, संस्थाहरु, उद्योग व्यवसायीहरुको उच्च आत्मबल बढाउ“दै सबैलाई होस्टेमा हैसे गरी संक्रमण विरुद्धको अभियानमा तन, मन, वचन र कर्मले जुटी दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

साथै, जेष्ठ नागरिकहरु, बालबालिका तथा दीर्घ रोगको उपचार गराइ रहनु भएका र नियमित औषधी सेवन गर्नुहुने महानुभावहरुलाई उच्च संक्रमणको जोखिम रहने भएकाले वहा“हरुलाई विशेष प्राथमिकताका साथ संक्रमणबाट बचाउन सावधानी अपनाउनु हुन समेत अनुरोध छ । अन्त्यमा, जीवन रक्षाका लागि अत्यावश्यक खाद्यपदार्थको सही र उचित व्यवस्थापनमा सरोकारवाला सबै पक्षले समयमै ध्यान पु¥याइ अत्यावश्यक काम बाहेक घर बाहिर आपूm पनि ननिस्कने र अरुलाई पनि निस्कन नदिई नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सुरक्षाका लागि  अपनाएको उपायहरुमा सहयोग गरी विकराल अवस्था सृजना हुन नदिनका लागि अपनाइएको लकडाउन लाई पूर्ण सफल बनाउ“न सहयोग गरी आपूm पनि बाच्ने र अरुलाई पनि बचाउने कार्यमा ऐक्यवद्धता जनाइदिनहुन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सादर अनुरोध गर्दछु ।

पूर्ण सावधानी अपनाउ“दै हाम्रो साझा दुश्मन नोवल कोरोना भाइरसका विरुद्ध सामुहिक रुपमा सबैरुपका सम्पूर्ण प्रहार केन्द्रीत गरौ“ ।



काठमाडौ चैत १३ गते । रातो तारा डट कम,गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङ बिहीबार आफै औषधी बोकेर सडकमा आएका छन् । पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कने क्रममा उनी आफै सडकमा आएका हुने । औषधी छर्ने क्रममा  महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गरेका हुन् ।कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.